भाइरल ज्वरोका बिरामीको संख्या अर्घाखाँचीमा ह्वातै बढे

भाइरल ज्वरोका बिरामीको संख्या अर्घाखाँचीमा ह्वातै बढे

अर्घाखाँची । भाइरल ज्वरोका बिरामीको संख्या अर्घाखाँचीमा ह्वातै बढेको छ । अर्घाखाँचीमा केही दिन यता जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको हो । डेंगी, स्क्रब टाइफस र आँखा पाकेका बिरामी पनि अस्पतालमा आउने गरेको जनाइएको छ ।

जिल्ला अस्पताल अर्घाखाँचीमा मात्रै दैनिक २ सय बिरामी आउने गरेकोमा अहिले बढेर ३ सय पुगेको अस्पतालले जनाएको छ । बिरामीमध्ये ५० प्रतिशत बालबालिकामा भाइरल ज्वरोको समस्या देखापरेको जिल्ला अस्पताल अर्घाखाँचीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.