भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

पाकिस्तान सेमिफाइनल प्रवेश

पाकिस्तान सेमिफाइनल प्रवेश

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तान शतप्रतिशत जितसहित समूह विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।युनाइटेड अरब इमिरेट्स यूएईमा जारी प्रतियोगितामा समूह दुईको अन्तिम तथा पाँचौं खेलमा स्कटल्याण्डलाई ७२ रनले पराजित गरेपछि पाकिस्तानले १० अंक जोडेको थियो ।

पहिले ब्याटिङ गरेको पाकिस्तानका क्याप्टेन बाबर अजाम र शोएब मलिकको अर्धशतक मद्दतमा १९० रनको लक्ष्य लिएको थियो । तर स्कटल्याण्डले पूरै ओभर खेल्दै ६ विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो । स्कटल्याण्डका रिचाइ बिरिङटनले ५४ रन बनाए भने जियोर्ग मुन्सीले १७, मिचेलले १४, कायल क्विटजरले ९, म्याथ्यु क्रसले ५, क्रिस ग्रिभ्सले ४ र मार्क वाट्ले २ रन जोडे ।

पाकिस्तानका शडाब खानले दुई तथा शाहीन शाह अफ्रिदी, हरिस राउफ र हसन अलीले समान एकरएक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले क्याप्टेन बाबरको ६६ रन र शोयब मलिकको ५४ रन मद्दतमा १८९ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद हाफिसजले ३१, मोहम्मद रिजवानले १५, फकहर जमानले ८ र यासिफ अलिले ५ रनको योगदान गरेका गरेका थिए ।

स्कटल्याण्डका क्रिसले दुई, सफियान र हजाम तहिरले एकरएक विकेट लिएका थिए । पाकिस्तानसँगै यो समूहबाट न्यु जिल्याण्ड पनि सेमिफाइनल पुगिसकेको छ । ८ अंकका साथ न्यु जिल्याण्ड समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।

 


Thali Mobile Pvt.Ltd.