भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

पाटनका सातजना गोठाला सम्पर्कविहीन

पाटनका सातजना गोठाला सम्पर्कविहीन

जाजरकोट । कुसे गाउँपालिका–८ का सातजना सम्पर्कविहीन भएका छन् । जलजला पाटनमा गोठाला गएका उनीहरु एक्कासी आएको हावाहुरी तथा अविरल वर्षा भएपछि सम्पर्कविहीन भएका हुन् ।

जेठ ३१ गते गाई, भैंसी र बाख्रा लिएर गोठका लागि ११ जना पाटन गएका थिए । हराएका मध्ये चारजना सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । अन्य सातजना सम्पर्कविहीन छन् ।

४४ वर्षीय भक्तबहादुर रोकाया, १० वर्षीय कृष्ण रोकाया, १४ वर्षीया दुर्गा रोकाया र ५५ वर्षीया गंगा खड्का सम्पर्कमा आएको प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुकुमार थापाले बताए।

३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय भिमबहादुर खड्का, १७ वर्षीया तुलसरा खड्का र सोही गाउँपालिका वडा नम्बर ९ चैनका ४० वर्षीय कृष्ण रोकाया सम्पर्कविहीन भएको र उनीहरुको खोजी भइरहेको डिएसपी थापाले बताए।

 


Thali Mobile Pvt.Ltd.