भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

अफगानिस्तानमा स्वास्थ्य सहायताकर्मीको हत्या

अफगानिस्तानमा स्वास्थ्य सहायताकर्मीको हत्या

अफगानिस्तान । संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले अफगानिस्तानमा भएको स्वास्थ्य सहायताकर्मीको हत्याको निन्दा गरेका छन् । अफगानिस्तानको नानगाहार प्रान्तमा पाँचजना स्वास्थ्यकर्मीको हत्या भएको थियो ।

साथै अरु केही स्वास्थ्य सहायताकर्मीलाई घाइते बनाइएको थियो । नानगाहार प्रान्तमा संयुक्त राष्ट्रसंघका स्वास्थ्यकर्मीहरुले पोलियो थोपा खुवाउने कार्यक्रममा सहभागी भएका थिए ।

सोही क्रममा तालिबान लडाकूहरुले उनीहरुको हत्या गरेका बताइएको छ । अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका प्रतिनिधि रामिज अलखारबले सो हत्याको निन्दा गरेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.