काठमाडौं । अमेरिकाका एक व्यक्तिले हतियार संग्रहालय बनाएका छन् । अमेरिकाको कोलोराडमा बस्ने मेल बर्नस्टिनले पेस्तोलदेखि ट्यांकसम्मका हतियार संग्रहित गरेका हुन ।
धेरै हतियार संकलन गरेका राखेका मेल बर्नस्टिनले हतियारले भरिएको एउटा सङ्ग्रहालय नै तयार गरेका छन् । संग्रहालयमा ठूला मिसाइल हतियार समेत राखिएका छन् । यसको मूल्य १० मिलियन डलरभन्दा पनि धेरै पर्दछ ।
उनले संकलन गरेका हतियारहरु जति एउटा सानो मुलुकसँग पनि नहुन सक्ने आकलन गरिएको छ । उनको निर्माण गरेको सङ्ग्रहालय हेर्न प्रत्येक वर्ष हजारौ मानिस आउने गर्दछन् । भने उनले त्यहीबाट वार्षिक ६ लाख डलर आम्दानी समेत गर्ने गरेका छन ।

