भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

पारस र ज्ञानेन्द्रले बागमती प्रदेशबाट प्रधानमन्त्री कप खेल्ने

पारस र ज्ञानेन्द्रले बागमती प्रदेशबाट प्रधानमन्त्री कप खेल्ने

काठमाण्डाैं ।  बागमती प्रदेशबाट प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्काले खेल्ने भएका छन्।  त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा माघ २ देखि हुने प्रतिस्पर्धाका लागि बागमती प्रदेशले ज्ञानेन्द्र र पारससहित २५ जनालाई बन्द प्रशिक्षणमा बोलाएको छ। टिममा ज्ञानेन्द्र र पारससहित यु-१९ टिमका पूर्वकप्तान पृथु बाँस्कोटा, इशान पाण्डे, अदिल खान, आकाश थापा, बिबत्शु थापा, रामनरेश गिरी, नन्दन यादव, गौतम केसी सुमित झा र अरियो पौडेल छन्।

यस्तै सुवास खत्री, रिजन ढकाल, बिपिन आचार्य, पवन गोपाल श्रेष्ठ, जितेन्द्रसिंह ठकुरी, दिपेश श्रेष्ठ, तिलकराज भण्डारी, राजेश रिमाल, संघर्ष पौडेल, विशाल फुयाल, प्रतिक श्रेष्ठ, नवीन यादव र तक्षक सिम्खडा छन्।  प्रतियोगिता सुरू हुन अघि बागमती प्रदेशले १४ सदस्यीय टिम घोषणा गर्नेछ। बागमती प्रतियोगिताको समूह ‘बी’ मा छ। समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम छन्। समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश छन्। त्रिवि मैदानमा २ गते हुने उद्‌घाटन खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

 

 


Thali Mobile Pvt.Ltd.