पूर्वप्रधानमन्त्रीले नै बलात्कारीलाई मृत्युदण्ड दिन भनेपछि महिला सांसद जुर्मुराउदै

पूर्वप्रधानमन्त्रीले नै बलात्कारीलाई मृत्युदण्ड दिन भनेपछि महिला सांसद जुर्मुराउदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने बताएका छन् । बझाङकी १२ वर्षीया सम्झना विकको बलात्कारपछि विभत्स हत्या भएको घटनाको सन्दर्भमा एक ट्वीट सार्वजनिक गर्दै भटराईले यस्तो बताएका हुन ।

गत असोज ७ गते घरमा खाना खाएर गोठमा गाइबस्तुलाई घाँसपानी दिन गएकी सम्झना विकलाई बलात्कार गरी हत्या गरेको अवस्थामा फेला परेकी थिईन । घटनामा संलग्न बलात्कारीलाई प्रहरीले प्रक्राउ गरेको छ । तिनै व्यक्तिको बयान र अन्य प्रमाणका आधारमा प्रहरी हत्या भएको निष्कर्ष निकालेको छ ।

samjhana bkयहि घटनालाई डा. भट्टराईले पञ्चायतकालमा पोखरामा नमिता—सुनिता, दुई वर्षअघि कञ्चनपुरमा निर्मला पन्त र गत साता बझाङमा भएको सम्झना हत्याकाण्ड उल्लेख गर्दै अपराधीलाई मृत्युदण्ड दिनुपर्ने धारणा राखेका हुन् ।

संविधानले नै मृत्युदण्डको सजाय दिने गरी कानून बनाउन रोक लगाएको हुनाले नेपालमा कुनै पनि अपराधमा अपराधीलाई मृत्युदण्ड दिने निर्णय हुँदैन । तर अब नेपालले पनि मृत्युदण्ड दिने कानून नबनाउन अन्तर्राष्ट्रिय प्रतिबद्धता सहित महिलाहरू जुर्मुराउन थालेका छन् ।

 


Thali Mobile Pvt.Ltd.