भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

समयमै काम सम्पन्न गर्न भजनीमा एक वडा एक प्राविधिक

समयमै काम सम्पन्न गर्न भजनीमा एक वडा एक प्राविधिक

कैलाली । भजनी नगरपालिकाले एक वडा एक प्राविधिक खटाएको छ । वडास्तरबाट हुने विकास आयोजनालाई समयमै लागत अनुमान दिन र काम शुरु गर्न समस्या भइरहेकाले नगरपालिकाका नौ वटै वडामा एकएक प्राविधिक खटाइएको जनाएको छ ।

जुनसुकै योजनामा सम्बन्धित वडाबाटै स्थलगत अनुगमन गरी लागत अनुमान बनाउन सकिने तथा योजना सम्पन्न हुँदा पनि त्यहीँका प्राविधिकले स्थलगत अनुगमन गर्ने, कामको मूल्याङ्कन समयमै हुनेजस्ता योजनाका कामका लागि नगरपालिकाबाट प्राविधिकको टोलीले सबै काम गर्न सम्भव नभएपछि वडामै प्राविधिक रहने व्यवस्था गरिएको नगर उपप्रमुख छाया देवकोटाको भनाइ छ ।

‘गुणस्तरीय काम र स्टिमेट निर्माण गर्दा भौगोलिक अवस्था र विपत्को अवस्था हेरी प्रत्यक्ष निगरानी गर्न सकिनेछ । समयमा उपभोक्ता समिति गठन, काम सम्पन्न हुनेछ ।’ यसअघि प्रत्येक वडाका योजनाको लागत अनुमान र अनुगमन नगरपालिकाबाटै गर्दा उपभोक्ता समितिलाई समयमै योजनाको लागत अनुमान दिन र काम शुरु गर्न समस्या भइरहेकाले नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिराम चौधरीले स्थानीयवासीको सुविधाका लागि वडामै प्राविधिक राख्ने निर्णय गरिएको जानकारी दिए।

 


Thali Mobile Pvt.Ltd.