भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

पूर्वाधार निर्माणमा अब्बल ‘चुलाचुली’

पूर्वाधार निर्माणमा अब्बल ‘चुलाचुली’

पशुपतिनगर । साविकको चुलाचुली र साकफारा गाविस गाभिएर बन्यो चुलाचुली गाउँपालिका । चुलाचुली गाविसका–९ वडाबाट पाँच वडा सिमित भयो । सङ्गो साकफारा गाविस एक वडा बन्यो । जनसङ्ख्याका हिसाबले धेरै रहेको चुलाचुली गाविसबाट ५ वडा घोषणा भएपछि वडा भवन विहिन थियो । त्यसमा अर्को समस्या थपियो गाउँपालिकाको प्रशासनिक काम राख्ने र कसरी काम गर्ने । वडा नं ६ घोषणा भएको साकफारामा पुरानो गाविस भवनबाट काम शुरु गरियो । गाउँपालिका घोषणा भएपछि प्रमुखको जिम्मेवारी पाएका गोविन्द सुवेदी भन्नुहुन्छ, “चुलाचुली गाउँपालिकाभित्र–६ वडा भएपछि पूर्वाधार अभाव खड्कियो”, सुवेदीले भन्नुभयो, “साविक गाविस सचिवबाट प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी आइप¥यो, वडा थपिएसँगै कर्मचारी अभाव मात्रै भएन पूर्वाधार नभएपछि वडा कार्यालय सञ्चालन गर्न घर खोजिए पनि उपयुक्त घर भेटिएन ।”

साविक चुलाचुली गाविसको भवनमा वडा नं ४ को र गाउँपालिकाको प्रशासनिक काम शुरु गरियो । बाँकी वडा नं ४ को अस्थायी कार्यालय भाडामा सञ्चालन भए । यो समस्या २०७४ असार १४ मा स्थानीय तहको निर्वाचनपछि झनै समस्या भयो । सुवेदीले भन्नुभयो, “वडा नं ५ को काम एक्लै गर्नुप¥यो र वडा कार्यालय स्थापनाका समस्या हुँदा एकै ठाउँबाट काम गर्नुप¥यो ।” कर्मचारीसँगै जनप्रनिधि थपिएपछि झनै समस्या बढ्यो । शुरुका दिनमा काम कसरी र कहाँबाट शुरु गर्ने चिन्ता थियो । गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले भन्नुभयो, “सिंहदरबारको अधिकार त आएको भनियो, नारा पनि लगाइयो हामी बसेर काम गर्ने ठाउँ अभावले शुरुका दिन पीडादायक भए”, राईले भन्नुभयो, “शुरुका दिनमा हामीलाई फोहरको डङ्गुरमा बसेको महसुस भए पनि धैर्यताका साथ काम गरेपछि अहिले वडा भवनदेखि पालिकाको मुख्य प्रशासनिक भवन निर्माण सम्पन्न गरिसकेका छौँ ।

” गाउँपालिकाको नयाँ प्रशासनिक भवनको कार्यकक्षमा भेटिनुभएका अध्यक्ष राईले भन्नुभयो, “हामीलाई यो भवनको पहिलो तलाले पुगेन, माथिल्लो तला थप्ने योजना बनाएका छौँ ।” सिंहदरबारको अधिकार दिने भनेर चुनिएका जनप्रनिधिलाई आफू बसेर काम गर्ने भवन नै भाडामा भएपछि सबैले एक स्वरले पूर्वाधार निर्माणमा जोड दिए । जनप्रतिनधिको जोडले गर्दा चुलाचुली गाउँपालिका अहिले पूर्वाधार निर्माणमा अन्य गाउँपालिकाभन्दा अगाडि छ । झापासँग सीमा जोडिएको चुलाचुली गाउँपालिकाको मुख्य प्रशासनिक भवनको पहिलो तला २०७७ असोजमा निर्माण सम्पन्न भएको थियो ।

रु दुई करोड ९१ लाखमा निर्माण भएको प्रशासनिक भवनको पहिलो तलाबाटै अहिले गाउँपालिकाले सेवा प्रदान शुरु गरेको प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले बताउनुभयो । पूर्वाधार निर्माणको काममा जनप्रनिधिमा सहमति जुटेपछि वडा भवन, स्वास्थ्य केन्द्रका भवन र प्रमुख प्रशासकीय भवन निर्माण शुरु गरिएको राईले बताउनुभयो । सदरमुकामदेखि मिलाएर स्थानीय तह घोषणा गरिएको चुलाचुली गाउँपालिकाको मुख्य प्रशासनिक भवन नै अभाव भियो । वडा भवन र प्रमुख प्रशासनिक भवन अभावले जनप्रनिधिलाई शुरुका दिनमा सेवा कसरी दिने भन्ने चिन्ताले सताउथ्यो । “प्रमुख प्रशासकीय भवनको दोस्रो तला, सेमिनार हल, र घेराबाराको काम गाउँपालिकाले शुरु गरेको छ”, प्रमुख प्रशासकीय अधिकृत राईले भन्नुभयो, “हामी चालू आर्थिक वर्षभरमा सबै पूर्वाधार निर्माणको काम सक्छौँ र कृषि क्षेत्रमा लगानी बढाउने योजनामा छौँ ।”

आर्थिक वर्ष २०७६र७७ मा निर्माणको ठेक्का सम्झौता भएका ४ वडा र मुख्य प्रशासनिक भवनको काम सटम्पन्न भएकाले आगामी आर्थिक वर्षको बजेटबाट कृषि र रोजगारी क्षेत्रमा लगानी बढाउने गाउँपालिका उपाध्यक्ष निर्मला दाहालले बताउनुभयो । गाउँपालिकाले वडा नं १, ३, ४ र ५ का भवन पनि निर्माण गर्न गत आर्थिक वर्षमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेकोमा तीन निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् । पालिका अध्यक्ष राईले भन्नुभयो, “वडा भेला गर्ने हलसहित वडा कार्यालयका भवन निर्माण गरिएको छ ।” चालु आर्थिक वर्षमा वडा भवनको घेराबारा गर्ने काम पनि सम्पन्न हुने राईले जानकारी दिनुभयो ।

चुलाचुली गाउँपालिकामा ६ र ९ वडा स्वास्थ्य केन्द्र रहेका छन् । त्यसमा तीन आधारभूत स्वास्थ्य केन्द्रको भवन अभाव भएकोमा तीनै वटाको भवन निर्माण सम्पन्न भइसकेका छन् । स्वास्थ्य केन्द्रको भवन निर्माणले आधारभूत स्वास्थ्यबाट जनताको पहुँचमा वृद्धि भएको छ । गाउँपालिकाले वडा नं १ को भवन ८१ लाख ९८ हजार, वडा नं ३ ७८ हजार ८६ हजार, वडा नं ४८६ लाख ७९ हजार र वडा नं ५ को भवन ८० लाख १७ हजारमा ठेक्का सम्भौता भई निर्माण सम्पन्न भएका हुन् ।

गाउँपालिकाले आधारभूत स्वास्थ्य केन्द्र २१र२१ लाखको लागतमा निर्माण गरेको थियो । गाउँपालिकालाई आवश्यक पर्ने पूर्वाधार गत आर्थिक वर्षको बजेटबाट निर्माण भएका छन् । प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले भन्नुभयो, “कोरोना माहामारी र लकडाउनका बीच पनि काम नरोकिएकाले पूर्वाधार समयमै निर्माण सम्पन्न भएर प्रयोगमा आएका छन् ।” उहाँले भन्नुभयो, “हामी अब पूर्वाधार निर्माणको काम चालू आर्थिक वर्षमा सम्पन्न गरेपछि आगामी आर्थिक वर्षको बजेटबाट कृषि क्षेत्र र आयमूलक काममा लगानी गर्ने योजना छ ।” गाउँपालिकाले प्रमुख प्रशासकीय भवनको दोस्रो तला, कम्पाउण्ड हल र सेमिनार हल निर्माणका लागि एक करोड ७१ लाखमा निर्माण गर्न निर्माण व्यवसायीसँग सम्झौता गरिसकेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.