काठमाडौं । अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दैछिन् । नेपाल भ्रमणमा रहेकी उनले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
भेटवार्ताको समय भने सार्वजनिक भएको छैन । भेटमा एमसीसी परियोजना कार्यान्वयनको विषयमा छलफल गर्ने जनाइएको छ । नुल्याण्ड दुई दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आएकी हुन् ।
