भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्याडभित्र ब्राउन सुगरको तस्करीः विमानस्थलबाट दिदीबहिनी पक्राउ

प्याडभित्र ब्राउन सुगरको तस्करीः विमानस्थलबाट दिदीबहिनी पक्राउ

काठमाडौं । पछिल्लो समय तस्करीको जालो तोड्न प्रहरी सफल भएको छ । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट लागुऔषध ब्राउन सुगरसहित दुई युवती पक्राउ परेपछि रहस्यमय तस्करीको जालो खुलेको छ ।

विमानस्थलबाट पक्राउ पर्नेमा हेटौडा १ घर भई हाल झापा मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ (राजवंशी) र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ छन् । बिहीबार बुद्ध एयरको जहाजबाट काठमाडौं आउन लागेका उनीहरूलाई विमानस्थल प्रहरीले शरीर चेकजाँच गर्ने क्रममा सोनीको साथबाट ७६ ग्राम ३ सय ४० मिलिग्राम ब्राउन सुगर फेला पारेको

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । सोनीले गुप्ताङमा लगाएको प्याडमा ब्राउन सुगर लुकाएर काठमाडौं ल्याउन खोजेकी थिइन् ।

सोनीसँग ब्राउन सुगर फेला परेपछिसँगै काठमाडौं आउन लागेकी उनकी दिदी सन्ध्यालाई पनि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.