भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

प्याडभित्र ब्राउन सुगरको तस्करीः विमानस्थलबाट दिदीबहिनी पक्राउ

प्याडभित्र ब्राउन सुगरको तस्करीः विमानस्थलबाट दिदीबहिनी पक्राउ

काठमाडौं । पछिल्लो समय तस्करीको जालो तोड्न प्रहरी सफल भएको छ । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट लागुऔषध ब्राउन सुगरसहित दुई युवती पक्राउ परेपछि रहस्यमय तस्करीको जालो खुलेको छ ।

विमानस्थलबाट पक्राउ पर्नेमा हेटौडा १ घर भई हाल झापा मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ (राजवंशी) र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ छन् । बिहीबार बुद्ध एयरको जहाजबाट काठमाडौं आउन लागेका उनीहरूलाई विमानस्थल प्रहरीले शरीर चेकजाँच गर्ने क्रममा सोनीको साथबाट ७६ ग्राम ३ सय ४० मिलिग्राम ब्राउन सुगर फेला पारेको

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । सोनीले गुप्ताङमा लगाएको प्याडमा ब्राउन सुगर लुकाएर काठमाडौं ल्याउन खोजेकी थिइन् ।

सोनीसँग ब्राउन सुगर फेला परेपछिसँगै काठमाडौं आउन लागेकी उनकी दिदी सन्ध्यालाई पनि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.