भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बुद्ध जन्मस्थल लुम्बिनीलाई बहुउपयोग गर्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

बुद्ध जन्मस्थल लुम्बिनीलाई बहुउपयोग गर्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीको सम्भावना धेरै रहेकोले यसको बहुउपयोग गर्नुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । २५६७औँ बुद्ध जयन्तीको मूल समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लुम्बिनीको सम्भावना असीमित रहेको बताए ।

सरकार बृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर रहेकोले लुम्बिनीसँगै कपिलवस्तु, देव दह, रामग्रामलाई समेटेर बृहत्तर लुम्बिनीको रूपमा विकास गरिने उनको भनाइ छ । क्रान्ति र शान्ति एक अर्काका पूरक भएको भन्दै उक्त विषयलाई बुझ्ने र ग्रहण गर्नेमा एकरूपता हुनुपर्ने बताए ।

नेपालको भूमिमा जन्मिएका शान्तिका अग्रदूत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको सङ्कल्पसहित गृह त्याग गरी कठोर परिश्रमबाट बोधी ज्ञान प्राप्त गरेकोस्मरण गर्दै उक्त ज्ञानको आज पनि उत्तिकै महत्त्व भएको बताए ।

समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, चिनियाँ राजदूत च्याङ सोङ, यूएनडीपीका नेपाल प्रतिनिधि एशियनी लादे, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय,

सदस्य सचिव सानुराज शाक्यले लुम्बिनीको महत्त्वका विषयमा आ आफ्नो धारण राखेका थिए । बुद्ध जयन्ती अवसर आज भोलि विभिन्न कार्यक्रम गर्दै लुम्बिनीमा मनाइँदै छ ।

 


Thali Mobile Pvt.Ltd.