भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रचण्डको त्यो प्रतिवेदन, जसले कार्यकर्तामा ल्यायो हलचल !

प्रचण्डको त्यो प्रतिवेदन, जसले कार्यकर्तामा ल्यायो हलचल !

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले फिर्ता लिन आग्रह गरिएको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिवालयमा पेश गरेको त्यो प्रतिवेदनले कार्यकर्तामा हलचल ल्याएको छ ।

प्रधानमन्त्रीको सचिवालयले प्रतिवेदन फिर्ता लिन भनिएपछि त्यो प्रतिवेदन कार्यकर्तामा वितरण गरिएको छ । प्रचण्ड पक्षले तयार पारेको उक्त प्रतिवेदन कार्यकर्तामाझ वितरण गरिएको नेकपाका एक नेताले बताएका छन् । ३२ पृष्ठ लामो पुस्तकारमा तयार पारिएको हो । ‘पार्टी एकता र पार्टी निर्माणका आधार’ नाम दिइएर पुस्तककै रुपमा तयार पारिएको छ।

केन्द्रमा विवाद मिलाउन पहल भइरहेका बेला विवादलाई तल्लो तहमा पुर्‍याउने काम भएको हो । यसले समस्या समाधान हुन्छ या झन् समस्या पैदा हुन्छ त्यो भने हेर्न बाकी छ । प्रचण्डले कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई लक्षित गर्दै प्रतिवेदन पेश गरेका थिए । नेकपा सचिवालय बैठक यही मंसिर १३ गते बस्दैछ।

बैठक बस्नु अगाडि नै प्रचण्डलाई प्रतिवेदन फिर्ता लिन लगाउने प्रयास भइरहेका बेला प्रतिवेदनलाई पुस्तकका रुपमा प्रकाशित गरी कार्यकर्तामा वितरण गरिएकोले ओली पक्ष आक्रोसित बनेको छ ।

 


Thali Mobile Pvt.Ltd.