काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव पक्षले शुक्रबार काठमाडौंमा अलिअलि मान्छे जम्मा पारेको टिप्पणी गर्दै वास्तविक प्रदर्शन २३ गते हेर्न आउनु भनेर निम्ता दिएका छन् ।
शुक्रबार बबरमहलमा आयोजित पेशागत कार्यकर्ता भेलामा बोल्दै ओलीले यस्तो बताएका हुन । प्रचण्ड–माधव समूहले आयोजना गरेको सभालाई खिसिट्युरी गर्दै उनले भने ‘खुट्टी देखेरै पत्याइयो ।’
भनेर व्यङ्ग प्रहार गरेका हुन । कार्की ब्याङ्क्वेटको सभा भन्दा अलिकति बढी मान्छे रहेछ देशभरिबाट जम्मा पारेको भनेका छन् । संसद पुन स्थापना गर भनेर अदालतलाई धम्की नदिन प्रचण्ड पक्षलाई चेतावनी समेत दिए ।
