भर्खरै : Sorry, your browser does not support inline SVG.

‘म यो मञ्चबाट केपी र केपीका साइबर स्यालहरूलाई चुनौती दिन चाहन्छु, एउटालाई छोएर देखाऊ।’ (फाेटाेफिचरसहित)

‘म यो मञ्चबाट केपी र केपीका साइबर स्यालहरूलाई चुनौती दिन चाहन्छु, एउटालाई छोएर देखाऊ।’ (फाेटाेफिचरसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली प्रवृति नसच्चिए नेपालमा छिट्टै जनताको सरकार आउने दावी गरेका छन्।

काठमाडौंमा विशाल जनप्रदर्शन गर्दै यो पक्षले कर्मचारी लगायतलाई आन्दोलनमा नजान केपी सरकारमा रहेका मानिसहरूले धम्की दिएको सुने भन्दै प्रचण्डले कर्मचारी र पेशाकर्मी सहभागी हुनेहरूको रेकर्ड राख्ने र जागिरवाट हटाउने कुरा केपी ओलीका साइबर स्यालहरूले गरेकोले त्यसो नगर्न आग्रह गरे । कारबाही त के एउटालाई छोएर देखाऊन समेत चेतावनी दिए ।

कर्मचारीलाई नडराउन आग्रह गर्दै प्रचण्डले छिसिक्क कर्मचारीको एउटा रौं पनि हल्लियो भने पनि त्यसको कडा जवाफ दिने जिकिर गरे । ओलीलाई तह लगाउन जनतामा सडकमा आएको बताए । देशलाई बर्बाद हुने बाटोमा जान नदिन र अराजकतालाई टाउको उठाउन नदिन जनतालाई आग्रह गरे ।

तस्बीरमा जनप्रदर्शन…

 


Thali Mobile Pvt.Ltd.