भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको गज्जबको अफर

प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको गज्जबको अफर

काठमाडौं । ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले भ्वाइस ओभर एलटीई (भोल्टी कल) निःशुल्क गरेको छ। एमपोसबाट गरिने रिचार्जमा डाटा बोनस पनि उपलब्ध गराइने टेलिकमले जनाएको छ।

यो अफर प्रजातन्त्र दिवस परेको शनिबार एक दिनका लागिमात्रै उपलब्ध हुने टेलिकमका सह–प्रवक्ता रञ्जित लोहियाले बताए । उनले भने, ‘नेपाल टेलिकमले व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा शनिबार कम्पनीको नेटवर्कभित्र

भोल्टी कल निःशुल्क उपलब्ध हुनेछ ।’ दिवसकै अवसरमा शनिबार एमपोसबाट गरिने रु २०० देखि रु ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा बोनसको रुपमा निःशुल्क उपलब्ध हुने उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.