भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

प्रथम मैत्रीपूर्ण भलिबल प्रतियोतिामा कर्णाली प्रदेश समाज जापानले भाग लिने

प्रथम मैत्रीपूर्ण भलिबल प्रतियोतिामा कर्णाली प्रदेश समाज जापानले भाग लिने

कर्णाली प्रदेश समाज जापानले जापानमा हुने प्रथम मैत्रीपूर्ण भलिबल प्रतियोतिामा भाग लिने भएको छ ।  यही अक्टोवर १२ मा नेपाल इताबासि भलिवल क्लव जापानको आयोजनामा हुन लागेको प्रथम मैत्रीपूर्ण भलिबल प्रतियोगितामा कर्णाली प्रदेश समाज जापानको टीमले भाग लिने भएको हो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सुरु हुने भलिबल प्रतियोगितामा कर्णाली प्रदेश समाजको टिमले पनि सहभागिता जनाउने कर्णाली प्रदेश समाजका केन्द्रीय अध्यक्ष कृष्ण शाहीले कैलाश खवर डटकमलाई जानकारी दिए ।Volly bal japan

इताबासि भलिबल क्वले प्रथम मैत्रीपूर्ण भलिबल प्रतियोगितामा सहभागिता जनाउन टिम दर्ता शुल्क ३५ हजार यन तोकेको छ । टिम दर्ताका लागि अक्टोबर १० सम्मको समय तोकेको क्लवले जनाएको छ ।  अक्टोबर ११ मा सम्पूर्ण टिमको खेलतालिका प्रकाशन गर्ने र अक्टोबर १२ मा जापानी समय अनुसार विहान ९ बजे देखि १८ बजेसम्म खेल हुने क्लवले जनाएको छ ।volly ball

प्रतियोगितामा प्रथम हुने टिमले २० मान यान, प्रमाण पत्र र मेडल पुरस्कार प्राप्त गर्ने छ । दोस्रो हुने टिमले १२ मान यान प्रमाण पत्र र मेडल प्राप्त गर्ने छ भने सान्त्वाना पुरस्कार समेत प्रदान गर्ने क्लवका खेल संयोजक दिप मगरले जानकारी दिए ।  प्रतियोगितामा उत्कृष्ट र अनुशासित खेलाडिलाई समेत पुरस्कृत गर्ने जानाइएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.