काठमाण्डौ । भारत भ्रमणमा रहेएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच आज भने भेटवार्ता हुँदैछ । बिहान ११ बजे छलफल गर्ने र हैदराबाद हाउसमा संयुक्त आयोगको बैठक बस्ने छ ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्विपक्षीय साझेदारीका विषयमा विशेष छलफल गरिने जानकारी गराएको छ । बैठकमा ईपीजी प्रतिवेदन ग्रहणलगायत कोरोनाविरुद्धको खोप, उर्जा, केनेक्टिभिटीलगायत ४० भन्दा धेरै विषयमा छलफल गरिनेछ ।
सीमा विवादको विषय अहिले सम्म छलफल गर्ने वा नगर्ने भन्नेमा कुनै टुङ्गो लागेको छैन । तीन दिने भ्रमणका क्रममा हिजो भारत गएका परराष्ट्रमन्त्री ज्ञवालीले औपचारिक रूपमा आमनेसामने बसेर बैठक सुरु नभए पनि बैठकमा हुने छलफलका विषयलाई गम्भीरताका साथ हेरिएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।
भारत भ्रमणका क्रममा मन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्ता सकेर भोलि बेलुकी स्वदेश फर्कने कार्यक्रम छ ।
