भर्खरै : Sorry, your browser does not support inline SVG.

४०३ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

४०३ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय २६ रहेको छ । पछिल्लो २४ घण्टामा थप ४ सय ५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६० हजार १ सय ७७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ४३ पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.