भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

प्रदेश नं १ मा २८६ सङ्क्रमित निको

प्रदेश नं १ मा २८६ सङ्क्रमित निको

प्रदेश १ । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २८६ जना कोरोना सङ्क्रमित निको भएका छन् । यसरी निको हुनेमा होम आइसोलेसनबाट २८३ र विराट शिक्षण अस्पताल बूढीगङ्गा मोरङबाट तीन जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २५ हजार ७८१ पुगेको छ ।

प्रदेशमा सोही अवधिमा गरिएको ४७४ को पिसिआर परीक्षणमा १३ महिला र २२ पुरुष गरी ३५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मोरङमा १९, सुनसरीमा पाँच, तेह्रथुम र इलाममा एकरएक र प्रदेश बाहिरका तीन जना नयाँ सङ्क्रमित थपिएका छन् । यस प्रदेश मा सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २९ हजार ५२४ पुगेको छ । प्रदेशमा हालसम्म दुई लाख छ हजार २४ को पिसिआर परीक्षण कार्य सम्पन्न गरिएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.