भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रदेश २ सरकारबाट राजपत्र प्रकाशन

प्रदेश २ सरकारबाट राजपत्र प्रकाशन

धनुषा । प्रदेश नं २ सरकारले अब आफ्नै राजपत्र प्रकाशन गर्न थालेको छ । प्रदेश नं २ मन्त्रिपरिषद् बैठकले प्रदेश राजपत्र प्रकाशन निर्देशिका २०७७ पारित गर्दै अब आफ्नै राजपत्र प्रकाशन गर्ने गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत सुरेन्द्र महतोले जानकारी दिनुभयो ।

प्रदेश राजपत्र प्रकाशन निर्देशिका २०७७ पारित भएसँगै प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर पनि राजपत्रमा प्रकाशित गर्न महिनौँ लाग्ने बाध्यताबाट प्रदेश नं २ सरकार मुक्त भएको छ । सरकारले ल्याउने कुनै पनि ऐन–कानून कार्यान्वयनमा ल्याउनका लागि राजपत्रमा प्रकाशित गराउनुपर्ने व्यवस्था छ । प्रदेश नं २ सरकारले ल्याउने ऐन–कानून राजपत्रमा प्रकाशित गराउन यसअघि सङ्घीय सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत मुद्रण विभागको सहयोग लिँदै आएको थियो ।

प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको ऐनलाई राजपत्रमा प्रकाशित गर्न प्रदेश सरकारले प्रदेश मुद्रण छापाखानाको स्थापना गर्ने तयारी थालेको जनाएको छ । प्रदेश मुद्रण छापाखाना स्थापनाको निर्णय भएसँगै ऐन प्रदेश नं २ को नै राजपत्रमा प्रकाशित हुन थालेको महतोले जनाउनुभयो । अहिले प्रदेश अनुसन्धान ब्यूरो, प्रदेश एफएम रेडियो, टेलिभिजन सञ्चालनसम्बन्धी ऐन, प्रदेश जनलोकपाल ऐन, गाउँसभा, नगरसभा, कानून निर्माण प्रक्रियासम्बन्धी ऐन, प्रदेश सञ्चारसम्बन्धी ऐन प्रदेश राजपत्रमा प्रकाशित गरिएको महतोले बताउनुभयो ।

अधिकृत महतोका अनुसार यसअघि कुनै पनि ऐन राजपत्रमा प्रकाशित गराउन मुद्रण विभागको सहयोग लिने गरिएको थियो । अब यो झन्झट सकिएको बताउनुभयो । अहिले ऐनहरू प्रदेश प्रमुखबाट प्रमाणीकरण भए लगत्तै राजपत्रमा प्रकाशित हुने गरेको उहाँको भनाइ छ । रासस

 


Thali Mobile Pvt.Ltd.