भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

प्रधानमन्त्री देउवाको जम्बो टोलीलाई भारतमा स्वागत

प्रधानमन्त्री देउवाको जम्बो टोलीलाई भारतमा स्वागत

काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोलीले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ । विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा भेटवार्ता भएको हो । भेटपछि प्रधानमन्त्री देउवा भाजपाको कार्यालयमा पुगेका थिए ।

भाजपाको कार्यालयमा स्वागतपश्चात् प्रधानमन्त्री देउवाको टोलीलाई नयाँदिल्लीस्थित नेपाली दूतावासमा रात्रीभोजको आयोजना गरिएको थियो । आज शनिबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।

शुक्रबार दिउँसो नयाँ दिल्ली पुगेका देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टसहित नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तवले स्वागत गरेका थिए ।

त्यसलगतै देउवालाई भाजपा कार्यालयमा भाजपा अध्यक्ष जेपी नड्डाले स्वागत गरेका थिए । भेटवार्ताले नेपाल भारतको सम्बन्ध अझै बलियो हुने विश्वास लिइएको । नेपाल र भारतबीच सदियौं पुरानो मित्रवत् एवम् घनिष्ट सम्बन्ध रहेको र समय समयमा आदान–प्रदान हुने

उच्चस्तरीय भ्रमणको माध्यमबाट उक्त सम्बन्ध अझ मजबुत एवं फलदायी बनाउन सफल हुने देउवाको भनाइ छ । देउवा ५० सदस्यीय टोलीकासाथ भारत भ्रमणमा पुगेका देउवा आइतबार स्वदेश फर्किने छन् ।

 


Thali Mobile Pvt.Ltd.