भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

ताथलिमा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

ताथलिमा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

भक्तपुर । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । ताथलीस्थित चम्पा चम्पा श्रेष्ठले संचालन गरेको जग्गा प्लानिङमा ढुंगाको पर्खाल लगाउने क्रममा प्लानिङमा काम गर्ने दुई जनाको शुक्रबार मृत्यु भएको हो ।

मृत्य हुनेमा काभ्रेपलान्चोक जिल्ला चौरीदेउराली गाँउपालिका वडा नं ३ घर भई हाल ताथली बस्ने बर्ष ५० को बर्षमान तामाङ र नमोबुद्ध नगरपालिका वडा नं ९ घर भई हाल ताथली बस्नेत बर्ष ३२ को चतुरमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । उनीहरुलाई बारीको माटोको ढिस्कोले पुरेको हो । माटोको ढिस्को खस्दा उनीहरु दुवै जनाको घटनास्थलमा नै मृत्यू भएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.