भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

प्रहरी कार्यालयका जग्गादाता सम्मानित

प्रहरी कार्यालयका जग्गादाता सम्मानित

तनहँु । भानुमुकाम डुम्रेस्थित इलाका प्रहरी कार्यालयको भवन निर्माणार्थ जग्गादान गर्ने बन्दीपुर–४ निवासी एक दम्पतीलाई सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँद्वारा आज आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा जग्गादाता स्थानीय धु्रवलाल श्रेष्ठ पिया र विष्णुदेवी पियालाई सम्मान गरिएको हो । उहाँहरुलाई प्रमुख जिल्ला अधिकारी सागर आचार्य र प्रहरी उपरीक्षक अरुण पौडेलले सम्मान गर्नुभयो । पिया दम्पतीले विसं ०५७ असार १९ गते सात आना जग्गा ९करीब रु ७० लाख बराबर०को दान गर्नुभएको थियो ।

नेता पौडेलप्रतिलाई हिसारतमा लिइएकोबारे प्रश्न
सुनुवाइका क्रममा गत मङ्सिर १६ गते नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुल्दीखोला पुलको उद्घाटनको विषयलाई लिएर प्रहरी प्रशासनले केही समय हिरासतमा लिएको विषयमा प्रश्न उठाइएको थियो । बन्दीपुर क्याम्पसका पूर्वप्रमुख ध्रुवलाल प्रधान र कांग्रेसका महासमिति सदस्य रामचन्द्र अधिकारीले वरिष्ठ नेता पौडेलमाथि दुव्र्यहार भएको गुनासो पोख्नुभएको थियो । जिज्ञाशा मेटाउँदै प्रमुख जिल्ला अधिकारी आचार्यले वरिष्ठ नेता पौडेलको सुरक्षा र सम्मानका लागि प्रहरी प्रशासनले उक्त कदम चाल्नुपरेको बताउनुभयो ।

नेता पौडेलले बुल्दीखोलापुलको उद्घाटन गर्ने कार्यक्रम रहेकामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट राष्ट्रिय युवा संघ नेपालले विरोध गरेपछि दुईपक्षीय विवाद हुँदा प्रहरी प्रशासनले हस्तक्षेप गरेको थियो । कार्यक्रममा डुम्रेस्थित हरिहर महिला समूहकी अध्यक्ष सरीता पियाले महिलाले महिलामाथि गरिने हिंसा समाजमा फैलिँदै गएकोले आमा समूह, महिला समूह र टोलटोलमा सचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । यातयात व्यवसायी जीवन कायस्थले निजी सवारी साधनले सार्वजानिक यात्रु बोकिदिँदा ट्याक्सी व्यवसायी मर्कामा परेको हुँदा यसतर्फ चासो देखाउन आग्रह गर्नुभयो ।

तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाइका सभापति नेक महम्मदमियाले विशिष्ट व्यक्ति आउँदा ट्राफिक व्यवस्थापन चुस्त हुनेतर्फ सम्बन्धित निकायाले ध्यान दिनुपर्ने बताउनुभयो । डुम्रेका सुन व्यवसायी हिरालाल विश्वकर्माले चोरीका सुन किन्दा अन्जानमा व्यवसायी फस्ने र दोहोर भागिदार बन्नुपरेको गुनासो पोख्नुभयो । दर्ता नगरी अवैधरुपमा उद्योग, व्यवसाय सञ्चालन गरेकाको अनुगमन गरी कानुनी दायरमा ल्याउन फर्निचर व्यवसायी रीता तिवारीले जोड दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.