प्राकृतिक विपत्तीले जङ्गलकै बास, कन्दमूल खाएर छाक टार्नुपर्ने बाध्यता

प्राकृतिक विपत्तीले जङ्गलकै बास, कन्दमूल खाएर छाक टार्नुपर्ने बाध्यता

बाजुरा । बाजुरा जिल्लामा एक सय परिवार विस्थापित भएका छन् । यहाँको हिमाली गाउँमा पहिरोले घर भत्कने जोखिम बढेपछि एकसय भन्दा धेरै परिवार विस्थापित भएका हुन ।अबैज्ञानिक ढंगले गाउँ मुनिबाट खनेको सडकले बस्ती भासिदै गएपछि दुई वडाका स्थानीय बासिन्दा दुई हप्तादेखि विस्थापित भएको स्थानीयको भनाई छ ।

वडा नम्बर ४ को फैती गाउँका २७ र वडा नम्बर ५ को क्युडीका ९४ परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । विस्थापित परिवारका लागि अस्थायी टहरा बनाउने प्रक्रिया सुरु भएको र अहिले अस्थायी पाल र राहत वितरण भैरहेको र केही दिनमै अस्थायी टहरा बनाइने जनाइएको छ ।

गाउँभन्दा तल बनाइएको सडकका कारण घरहरु भासिएको स्थानीयबासिन्दाले बताएका छन् ।
उँपालिकाको सक्रियतामा दाल, चामल र पाल वितरण भए पनि सबैले नपाएको गुनासो गरेका छन् । कतिपयले कन्दमूल खाएर छाक टार्नुपरेको दुखेसो पोखेका छन् ।

 


Thali Mobile Pvt.Ltd.