भर्खरै : Sorry, your browser does not support inline SVG.

प्राप्ताङ्कमा हेरफेर गरेको आरोपमा ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

प्राप्ताङ्कमा हेरफेर गरेको आरोपमा ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालीन प्रमुख परशुराम कोइरालासहित ६ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । लेखा सहायक पदको प्रथम पत्र परीक्षण गर्ने सहप्राध्यापक केशव घिमिरे, दोस्रो पत्र परीक्षण गर्ने सहप्राध्यापक राजेश्वर न्यौपाने, पुस्तकालय सहाय पदको दोस्रो पत्र परीक्षण गर्ने पुस्तकालय सहप्रशासक इन्दिरा घिमिरे, उत्तरपुस्तिका संपरीक्षण गर्ने प्रा. डा. टेकनाथ ढकाल, उत्तरपुस्तिका रुजु गर्ने सेवा आयोगका तत्कालिन प्रमुख परशुराम कोइराला र तत्कालिन मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

२०७४ सालमा भएको लेखा सहायक र पुस्तकालय सहायकको पदको लिखित परीक्षामा गलत मनसाय राखी परीक्षार्थीको उत्तरपुस्तिका केरमेट गरेको, प्राप्ताङ्कमा हेरफेर गरेको आरोप रहेको अख्तियारले जनाएको छ । उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजारदेखि दश हजार रुपैयाँसम्म जरिबानाको माग दाबी गदै आरोपपत्र दायर गरेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.