भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

प्रेरक कथा : ‘बुहारी’

प्रेरक कथा : ‘बुहारी’

‘बुहारी’

“बुहारी, ओ बुहारी ! कता मरिस् ?”

भित्र बाट आवाज आयो, “आएँ सासु आमा ! बाँचेकी नै छु”

“खै त मेरो चिया ? कति बेला देखि पूजा सिद्ध्याएर बसेकी छू !”

“ल्याई हालें आमा !” बुहारीले साथमा पकोरा पनि ल्याएर आई ।

सासूले भनिन्, “तेलका पकोरा खुवाएर मार्ने भईस् मलाई, हैन ?”

बुहारीले भनिन्, “ठीक छ आमा, त्यसोभए म तपाईंलाई अर्को ल्याएर आऊँछु ।”

सासूले भनिन्, “भयो, रहन दे । अब बनाई सकिस्, यही नै खान्छु। ”

सासुले पकोरा हातमा उठाऊँदै भनिन्, “धेरै नराम्रा पकोरा बनाईस् तैंले।”

बुहारी भन्छिन् “आमा, मैले लुगा धुनु छ, म जान्छु।”

अनि ढोकाको छेउमा लुकेर हेर्छिन् । सासुले छिटो छिटो पकोरा खान शुरू गरिन् र पूरा सिद्ध्याईन् । बुहारी मुस्कुराऊँदै त्यहाँ बाट गएर काम गर्न थालिन् ।

अब खाजाको समय थियो ।

सासु फेरी चिच्याईन्, “केहि छ खान लाई ?”

बुहारीले केही जवाफ दिइनन्,  सासूले फेरि चिच्याईन्, “आज भोकै मार्छस् कि क्या हो मलाई ?”

बुहारीले आएर खिचडी अगाडि राखिन् ।

सासूले रिसाउँदै भनिन्, “यो के हो ? म खान्न यो, उता लैजा ।”

बुहारीले भनिन्, “तपाईलाई डाक्टरले दिनको समयमा खिचडी खान भनेको छ, यो त खानै पर्छ ।”

“अं, अब तं मेरी आमा हुने भईस्,” सासुले भनिन् ।

बुहारी हाँस्दै त्यहाँबाट गईन् ।

आज उनको घरमा पूजा थियो । बुहारी बिहान चार बजे उठिन्, पहिले नुहाउँछिन्, त्यसपछि फूलहरू ल्याएर माला बनाउँछिन्, भान्छा सफा गर्छिन् , खाना बनाउँछिन् । बिहानको १० बज्यो । अब सासू पनि उठिसकेकी छिन् । बुहारीले पंडितजीसँगै भगवानको लुगा बनाइरहेकी थिइन् । आज उनका श्रीमानले पनि कार्यालयबाट छुट्टी लिएर घरमै थिए । उपासना सुरु भयो । सासूले बुहारीलाई चिच्याउँछिन् । यता यो छैन, उता त्यो भेटिएन । बुहारी दौडेर आऊँछिन्, सबै काम गर्छिन् ।

अब दिउँसोको तीन बजी सकेको थियो । आरतीको लागि तयारी भइरहेको थियो । पण्डितजीले सबैलाई आरतीका लागि बोलाए र सबैको हातमा आरतीको थाल दिए । बुहारीले थाल समात्ने बित्तिकै थाल उनको हातबाट खस्यो । सायद खाना बनाउने क्रममा बुहारीको हातमा तेल रह्यो होला, जसलाई उनले सफा गर्न बिर्सिछिन् ।

सबै मानिसहरूले बिभिन्न तरिकाले कुरा गर्न थाले, कस्ती बुहारी रै छे ! केहि पनि थाहा छैन । एक चीज राम्ररी गर्न पनि सक्दैन । कस्ती बुहारी उठाएर ल्याई दिएछन्, आरतीको थाल सम्म राम्रोसँग समात्न नसक्ने । उनका पति पनि रिसाए । तर सासु भने चुप थिईन् । केहि भनिनन् ।  यतिमात्र  भनिन् “सिक्दै छे, बिस्तारै सिक्नेछ ।”

अब सबैलाई खाना पस्किन थालियो । बुहारी दौडी रहेकी छिन् । कहिले यता त कहिले उता । खाना पस्किन्छिन्, पानी ल्याऊँछिन् । ७० देखि ८० जना सम्म भई सकेका थिए । दुईटा नोकर र बुहारी मात्र छन् काम गर्ने । यद्यपि सबै कामहरू त्यहाँ एकदम राम्रो तरिकाले भइरहेको थियो । अब उसकी सासु र छेउछाउका केहि मानिसहरू खान बसे । बुहारीले खाना पस्किन शुरू गरिन् । रोटीको पहिलो गास खाँदै सासुले भनिन्, “तैंले खानामा नुन राम्रो सँग थपिनस् । किन एक काम पनि राम्रोसँग गर्न सक्दिन होली ? मेरो पछाड़ी यसले घर कसरी चलाउली ? ”

वरपरका छिमेकीहरूलाई त चिन्नु नै हुन्छ तपाईहरुले । केही न केही कमी निकाल्नका लागि बहाना खोजिरहेका हुन्छन् । सुरू भए सबै । त्यस्तै खाना छ, त्यस्तै बुहारी, यो, त्यो आदि आदि ।

दिउसोको खाना सकियो । बुहारी लागिन् नोकरहरूसँगै भाँडा माझ्न तिर ।

रातमा जगराताको कार्यक्रम राखिएको थियो । बुहारीले पनि एक दुईवटा गीत गाउन भनेर स्टेजमा गईन् । सासूले तल बाट चिच्याइन्, “मेरो नाक नकटाएस् ! गाउन आऊँदैन भने न गा, भयो आईजा फर्केर ।”

बुहारी मुस्कुराईन् र गाउन थालिन् । सबैले उनको गीतको प्रशंसा गरे तर सासूले भनिन्, “युवावस्थामा यो भन्दा राम्रो गीत मैले गाउँथें । तंलाई केही थाहा छैन ।”  बुहारी मुस्कुराऊँदै त्यहाँ बाट गइन् ।

अब बेलुकाको खाना खुवाउने क्रम जारी थियो । उनको श्रीमानको अफिसका साथीहरूले अलि साइडमा ड्रिंक गर्न बसे । उनका पतिले ठूलो स्वरमा भने, “आईस् (ice) ल्याएर आऊ छिटो ।” सासु चिच्याइन, “यहाँ दाल छैन ।” अर्कोतर्फ, पति चिच्याए, “यता कोल्ड ड्रिंक छैन, पापड़ ल्याएर आऊ ।” छिटो छिटो यता र उता गर्दा मेज हल्लियो र उनको श्रीमानको रक्सीको  बोतल भुईमा खसेर भाँचियो ।

रिसाऊँदै श्रीमानले आफ्नी श्रीमतीलाई दुई थप्पड लगाए, “मूर्ख आईमाई, राम्ररी देखेर गर्न सक्दिनस् । तंलाई यति पनि काम गर्न आऊँदैन ?” सबैजनाले हेर्न थाले, उनकी श्रीमती रुँदै कोठातिर दगुरिन् । तब उनका साथीहरूले भने, “यार ! पूरै मुड खराब भयो । यहाँ नबोलाएको भए हुन्थ्यो, हामी कहीं अर्को ठाऊँमा पार्टी गर्ने थियौं । कस्ती अशिक्षित र मूर्ख पत्नी ल्याएछौ तिमीले ? उसलाई पाहुनाहरूको सम्मान गर्न र आफ्नो काम गर्न पनि आऊँदैन । तिमीले हाम्रो अपमान गर्यौ यार ।”

अब छिमेककी महिलाहरुले त बहाना पाई सकेकी थिईन् । भन्न थालिन्, “हेर त, तिम्रो बुहारीले के गरिदियो?” कुनै कामको छैन म भन्छु, तिम्रो छोराको अर्को विवाह गर । यस जंगलीलाई हटाउ ।”

सासू उठिन् र आफ्नो छोराको नजिक गई र उसको गालामा थप्पड लगाऊँदै भनिन्, “अरे नालायक, तैंले मेरी बुहारीलाई कुटीस्, कसरी हिम्मत भयो तेरो ? तेरा खुट्टा भाँचिदिनेछु म अहिले को अहिले ।”

उनका छोराका साथीहरूले केहि कुरा गर्न खोज्दा ठूला ठूला आँखा पार्दै भनिन्, “चुप लाग, एकदम चुप ! तिमीहरु यहाँ रक्सी पिउन आएका हौ ? जबकि थाहा छ, यहाँ आज पूजा र जगराता छ, तिमिहरुलाई पार्टी गर्नु छ ! यही संस्कार दिएका छन् तिमिहरुका आमाबुवाहरूले ? अनि मेरो बुहारीलाई कसले मूर्ख भन्यो ? सामुने आऊ त ! चप्पलले हिर्काउनेछु यदि कसैले मेरी बुहारीलाई एउटा पनि अपशब्द भन्यो भने !”

फेरी छोरा तिर उन्मुख हुँदै भनिन् “पापी, तैंले त्यो केटीलाई हिर्काइस किनकि तेरो वाइनको बोतल उसबाट खस्यो । अरे पापी, त्यो बच्ची बिहान चार बजेदेखि नै सबै घरका कामहरू गर्दैछे । न त बिहानदेखि खाजा खाएकी छ, न दिउसो खाना खाई । फेरी पनि हाँस्दै, सबैको कुरा सुन्दै, घरका सबै कामहरू गर्न जारी राखेकी छे । तेरो साथीहरुलाई मन परिन अरे ! जुत्तै जुत्ताले हिर्काऊँनेछु तेरा साथिहरुलाई यदि उनीहरूले फेरी यस्तो दोहोर्याए भने ।”

उसका साथीहरू एक एक गरेर चुपचाप त्यहाँबाट भागे । सासु बुहारीको कोठामा गइन् र बुहारीलाई हात समातेर बाहिर ल्याइन् । उनले सबैजनाको अगाडि भनिन्, “कसले भन्यो कि तिम्री बुहारीलाई घरबाट निकालेर अर्को बुहारी ल्याऊ ? सामुने आउ त खै, को हो भन्ने !” कोही अघि आएनन् ।

फेरी सासूले भनिन्, “तिमिहरुलाई थाहा नै के छ र मेरी बुहारीको बारेमा ? यो मेरी ‘आमा’ पनि हो र ‘छोरी’ पनि । ‘आमा’ यसकारण कि यसले मलाई गलत कुरा या गलत काम गर्दा हप्काऊँछ र ‘छोरी’ यसकारण कि यसले मेरो हृदयको भावनाहरू सँधै बुझ्दछ । यसले दिन र रात मेरो सेवा गर्दछ । मैले हजार चोटी यसलाई गाली गर्दा पनि यसले जवाफमा  एउटा शब्द पनि बोल्दिन । न सामुने, न पछाडि । र तिमीहरु भन्छौ अर्को बुहारी ल्याउ ?”

“सम्झना त होला नि तिमीलाई चुट्की की हजुरआमा तिम्री बुहारीको करतूत ?” सासुले रिसाएर छिमेकी महिलालाई सोधिन् । “गएकै हप्ता तिम्रा दुबै बच्चाहरुले तिमी बूढाबूढीहरुलाई भोकै घरमा राखेर आफु घुम्न गएका होइनन र ? मेरी यसै बुहारीले सात दिनसम्म तिमीहरुको घरमा खाना बनाएर तिमिहरुलाई खुवाएको यति छिटो बिर्सी छौ ! तिम्रो खुट्टा सम्म दबाई दिने गरेकी होइन र ? अनि तिमी मेरी बुहारीलाई मूर्ख भन्छौ ?

अरे, मूर्ख त तिमीहरु हौ, जसले कोइला र हीरा बीचको भिन्नता जान्दैनन् । यदि फेरी कसैले मेरो बुहारीको बारेमा कुनै कुरा गर्‍यो भने मैले जानेकी छु के गर्नु छ । किनभने उ मेरो बुहारी होइन, मेरी छोरी हो ।” बुहारीले रसाएका आँखा लिएर कोठामा गइन् । सासूले प्लेट उठाइन त्यसमा खाना पस्केर आफ्नी बुहारीलाई आफैं लगिन । सासुले खाना ल्याएको देख्दा बुहारीले भनिन्, “यो के गर्नु भएको आमा तपाईंले ? म आफै खाना लीई हाल्थें ।”

सासुले मायालु स्वरले गिला गर्दै भनिन्, “नडरा, यसमा विष छैन । म तंलाई मार्ने छैन । तंलाई नयाँ सासु चाहिएकी होली, तर म हरेक जन्ममा तंलाई नै बुहारीको रुपमा चाहान्छु।” बुहारीले रुँदै आफ्नो सासुलाई अँगालो हालिन् । सासु पनि रोईन्, पहिलो पटक । र भनिन्, “ल अब खाना खा” । उनले आफ्ना आँसु पुछ्दै भनिन्, “तं बुहारी होइनस्, तं त छोरी होस् मेरी ।”

केहि सम्बन्धहरू धेरै मीठा हुन्छन्, बस कुराहरू अलि तीता हुन्छन् । बुहारीलाई माया गरेर त हेर्नुहोस् । उनी तपाईंको परिवारको लागि आफ्नो घरको आंगन छोडेर आएकी छिन् ।

 


Thali Mobile Pvt.Ltd.