काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा भएको कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
कोरोनाका कारण आईसीयूमा उपचाररत विरामीको मृत्युपछि भएपछि कुटपिटमा संलग्न ३६ वर्षीय कृष्णप्रसाद गौतमलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसएसपी अशोक सिंहले बताए ।
बिरामीको मंगलबार बिहान ११ बजे मृत्यु भएको थियो । त्यसपछि उपचारमा संलग्न डाक्टर सविन भण्डारीमाथि कुटपिट भएको थियो ।

