भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

फिल्मसिटीको हब दैलेखको महावु

फिल्मसिटीको हब दैलेखको महावु

काठमाडौं । समुन्द्री सतहदेखि चार हजार दुई सय ६१ मिटर अग्लो दैलेखको महाबु लेक फिल्मसिटीका लागि उत्तम रहेको प्रस्ताव गरिएको छ । चलचित्र विकास बोर्डद्वारा गठित चलचित्र छायांकन स्थल निर्माणको सम्भाव्यता अध्ययन समन्वय तथा संयोजन समितिले खुल्ला माहाबूमा स्टुडियो निर्माणका लागिसरकारसमक्ष प्रस्ताव पेश गरेको छ ।

कालिकोट र दैलेख जिल्लाको सीमामा पर्ने महाबु लेक फिल्मसिटी ओपन स्टुडियो निर्माणकालागि उपयुक्त देखिएपछि कर्णालीवासी खुसी भएका छन् ।

सातै प्रदेशमा स्टुडियो निर्माणका लागि अध्यन गरिसकेको समितिले महाबुमा स्टुडियो निर्माण भएपछि कर्णाली प्रदेश नै चलचित्र छायाङ्कनको हव हुने बताएको छ । विविधतायुक्त महावु लेक सौन्दर्यताको समेत उत्कृष्ट भएकोले खुल्ला स्टुडियो निर्माण गर्न स्थानीय सरकार प्रतिवद्ध भएको छ ।

प्रचार प्रसारको कमीमा ओझेलमा परेको यो ठाउँमा ओपन स्टुडियो बनेमा अन्तराष्ट्रिय जगतको ध्यान जाने नारायण नगरपालिका प्रमुख रत्न खड्काको ठम्याइ छ । खड्काले भने, ‘प्रचार प्रसार नहुदा पछाडी परेको यो क्षेत्र फिल्मसिटीको स्टुडियो बनाएर अघि बढे राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतको पनि ध्यान केन्द्रीत हुने विश्वास लिएको छु ।

सुर्खेत, तल्लो डुङ्गेश्वर, राकम, कालिकोट हुदै जुम्ला जाने लामो दुरी भन्दा सुर्खेत, दैलेख सदरमुकाम, महाबु हुदै जुम्ला जान ८७ किलोमिटर दुरी छोटो पर्छ । राजनैतिक, व्यापारिक र पर्यटनका हिसाबले यो ठाउँ उपयुक्त भएकाले सबैभन्दा पहिले बाटो निमार्णमा ध्यान दिएका छौं ।’

घना जंगल, समथर मैदानी भूभाग र हिउँ परेका पाखाहरुले महाबुलाई निकै सुन्दरत बनाएको छ । यति आकर्षक स्थानमा पुग्दा फिल्मसिटी निर्माण सम्भाव्यता अध्ययन टोलीनै पुलकित भएको देखिन्थ्यो । खाना र पानीको समेत कष्ट झेलेर अध्ययन टोली महाबुमा पुगेको भन्दै स्थानीयले स्वागत गरे ।

गाउँपालिकाले लिएको लक्ष्य र चलचित्र विकास बोर्डको फिल्मसिटी स्टुडियो बनाउने योजनामा आफुले शतप्रतिशत सहयोग गर्ने महाबु गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी बुढाले प्रतिवद्धता व्यक्त गरिन् । उपाध्यक्ष बुढाले भनिन्, ‘यति धेरै दुःख, कष्ट गरेर यहाँ आउनु भएको सम्भाव्यता अध्यन टिमलाई धन्यवाद छ ।

तपाईहरुको उदेश्य र महाबु गाउँपालिकाको लक्ष्य मिल्न गएकोले चलचित्र विकास बोर्डलाई फिल्मसिटी स्टुडियो बनाउन सहयोग गर्ने प्रतिवद्धता गर्दछु ।’ पहिले पहिले घोडा र खच्चडमा सामान ढुवानी गर्ने व्यापारिक मार्गको रुपमा परिचित महावुमा फिल्मसिटीे निर्माण अध्यन टोली पुग्दा सम्म घोरेटो बाटो मात्रै होइन, मोटरबाटोको समेत विस्तार भइसकेको छ ।

आकाश छुन लागे जस्तै देखिने अग्ला चट्टानका पहाडहरुले मनमोह देखिने महाबुमा नीलो आकाशमा सेतो बादलले पौडी खेलिरहेको देखिन्छ । मनमा चिताएको मनोकाँक्षा पुरा हुन्छ भन्ने जनविश्वास अनुरुप हरेका बर्ष यस क्षेत्रमा पुजा गर्न हजारौंको संख्यामा भक्तजन, आन्तरिक तथा वाह्य पर्यटक आउने गरेका छन् ।

कालिकोट जिल्लाको महावै गाउँपालिका, दैलेख जिल्लाको महाबु गाउँपालिका, नौमुले गाउँपालिका, नारायण नगरपालिका, आठबीस नगरपालिका स्थानीय तथा जनप्रतिनिधिको उल्यख्य सहभागितामा गरिएको अध्यनले महाबुमा नै फिल्मसिटीको ओपन स्टुडियो बनाउन थप बल पुगेको नायक तथा निदेर्शक नवल खड्काले बताए । महाबुको सुन्दरता साँच्चै भन्ने हो भने बर्णण गरेर नसकिने उनको भनाई छ ।

निदेर्शक नवल खड्काले भने,‘महावुको सुन्दरताले साँच्चै वर्णन गर्ने हो भने वर्णनका लागि शव्द नै भेटिदैन । यो ठाउँ नेपाल मात्रै होइन विदेशमा नाम चलेका हलिउड, कलिउड र बलिउडका लागि पनि आकर्षणको केन्द्र हुनेछ । फिल्म सुटिङ्गका लागि अत्यन्तै उपयुक्त ठाउँ रहेछ । काठमाडौं देखि महावु आउँदा नसोचेकै सुन्दरता पाएको अनुभुत गरिहेको छु ।’

छिन् भरमै ढप्पक ढाक्ने बादले दिउँसै अध्यारो हुने महाबुको अर्को विशेषता हो । अहिले पनि मौसम अनुसार जाडो छल्न र हिउँ खेल्न प्रत्येक वर्ष आन्तरिक तथा वाह्य पर्यटकहरु महाबु आउने गरेका छन् । पछिल्लो समय महाबु सम्मै सडक पुगेकोले पनि महाबु आएर रमाउन चाहनेहरुका लागि महाबु आकर्षणको केन्द्र बनेको छ ।

 


Thali Mobile Pvt.Ltd.