दुग्ध विकास संस्थानको महाप्रवन्धकमा दरखास्त आह्वान

दुग्ध विकास संस्थानको महाप्रवन्धकमा दरखास्त आह्वान

काठमाडौं । सरकारले दुग्ध विकास संस्थानको महाप्रवन्धक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पदपूर्ति सम्बन्धी सूचना जारी गरी दरखास्त आह्वान गरेको हो।

कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तिमा १० वर्षको कार्य अनुभव भएका नेपाली नागरिकले २१ दिनभित्र दरखास्त दिनसक्ने मन्त्रालयले जनाएको छ ।

उम्मेदवारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७६ को दफा ३, उपदफा २ (ग) बमोजिम शैक्षिक योग्यता हासिल गरेको पनि हुनुपर्ने छ ।

दरखास्तका साथ दुग्ध विकास संस्थानको वर्तमान अवस्था, चुनौती र सुधारका विषय समेटिएको बढीमा ५ हजार शव्दको व्यावसायिक कार्ययोजना समेत पेश गर्नुपर्ने छ ।

 


Thali Mobile Pvt.Ltd.