भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

फ्रान्समा प्रदर्शनकारीहरुद्वारा पसलहरु तोडफोड, आन्दोलनले उग्ररुप लिदै

फ्रान्समा प्रदर्शनकारीहरुद्वारा पसलहरु तोडफोड, आन्दोलनले उग्ररुप लिदै

एजेन्सी । फ्रान्समा सरकारी योजना विरुद्धको आन्दोलनले उग्र रुप लिएको छ । अवकाशको उमेर बढाउने सरकारी योजनाको फ्रान्समा विरोध प्रर्दशन भइरहेको हो । राजधानी पेरिसमा मात्रै करिब डेढ लाख मानिसले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले बोर्डेक्स शहरको टाउन हलमा समेत आगजनी गरेका छन् ।

उनीहरूले सडकमा थुप्रिएको फोहोरमा जतातत्तै आगो समेत लगाएका छन् । आन्दोलनको नवौं दिन बिहीबार दशौं लाख मानिस प्रदर्शनमा उत्रिएका हुन् । प्रहरी कारबाहीमा केही प्रदर्शनकारीहरु घाइते भएको जनाइएको छ । सरकारले अवकाशको उमेर ६२ वर्षबाट बढाएर ६४ बनाएपछि ट्रेड युनियनहरु विरोधमा उत्रिएका हुन् ।

राजधानी पेरिसबाट ५ दर्जन बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ भने प्रहरीले प्रदर्शनकारीलाई रोक्न भारी मात्रामा अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीहरुले पसलहरु तोडफोड गर्दै म्याडोनल्ड लगायतका रेष्टुराँमा पनि आक्रमण गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.