भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बङ्गलादेशकाे रक्षा सेवा कमाण्ड र स्टाफ कोर्स भ्रमणदलकाे टाेली स्वदेश फिर्ता

बङ्गलादेशकाे रक्षा सेवा कमाण्ड र स्टाफ कोर्स भ्रमणदलकाे टाेली स्वदेश फिर्ता

काठमाडाैं । नेपाल भ्रमणमा रहेको बङ्गलादेशकाे रक्षा सेवा कमाण्ड र स्टाफ कोर्स (Defence Services Command and Staff Course (DSCSC)-2022) भ्रमणदलकाे टाेली स्वदेश फिर्ता भएको छ ।

कर्णेल एमडी मफिजुल इस्लाम रसिद (Col.MD Mafizul Islam Rashed)को नेतृत्वमा आएकाे ४१ सदस्यीय भ्रमणदलले भ्रमणको दौरान शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेज, पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर र मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको भ्रमण गरेको थियाे ।

साथै, उक्त भ्रमणदलले काठमाण्डौं र पोखराका विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन समेत गरेको थियो । भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई थप प्रगाढ पार्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.