काठमाडाैं । नेपाल भ्रमणमा रहेको बङ्गलादेशकाे रक्षा सेवा कमाण्ड र स्टाफ कोर्स (Defence Services Command and Staff Course (DSCSC)-2022) भ्रमणदलकाे टाेली स्वदेश फिर्ता भएको छ ।
कर्णेल एमडी मफिजुल इस्लाम रसिद (Col.MD Mafizul Islam Rashed)को नेतृत्वमा आएकाे ४१ सदस्यीय भ्रमणदलले भ्रमणको दौरान शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेज, पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर र मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको भ्रमण गरेको थियाे ।
साथै, उक्त भ्रमणदलले काठमाण्डौं र पोखराका विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन समेत गरेको थियो । भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई थप प्रगाढ पार्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएकाे छ ।
