भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बागी उम्मेदवारी दिएका धनकुटा नेविसंघ सभापति निष्काषित

बागी उम्मेदवारी दिएका धनकुटा नेविसंघ सभापति निष्काषित

धनकुटा । नेपाली कांग्रेस धनकुटाले नेपाल विद्यार्थी संघका जिल्ला सभापति बालनन्द दाहाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

पार्टीको निर्देशन र अनुशाषन विपरित कार्य गरेको भन्दै नेविसंघ जिल्ला सभापतिलाई कारवाही गरेको जिल्ला सभापति दिनेश राईले बताए ।

दाहालले प्रदेशसभा निर्वाचनका लागि जिल्लाको क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिएको र आफनो उम्मेदवारी फिर्ता नलिएकाले साधारण सदस्यसमेत नरहने गरी निष्काषनको कारवाही गरिएको कांग्रेस जिल्ला सभापति राईले बताए ।

पार्टीको अनुशासनविपरीत गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाले दाहाललाई केन्द्रको निर्देशनअनुसार कारबाही गरिएको राईको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.