भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

बङ्गलादेशमा चार लाख ४५ हजार २८१ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण

बङ्गलादेशमा चार लाख ४५ हजार २८१ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण

काठमाडौ । सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १.४३ प्रतिशत रहेको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार जनाएको छ । बङ्गलादेशमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या चार लाख ४७ हजार ३४१ पुगेको र कोभिड–१९ सङ्क्रमित छ हजार ३८८ भन्दा बढी व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

विगत २४ घण्टामा १३ हजार ८७० व्यक्तिको शङ्काका आधारमा कोभिड–१९ परीक्षण गरिएकोमा दुई हजार ६० व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । आइतबार कोभिड–१९ सङ्क्रमित थप ३८ जनाको मृत्यु भएकमो छ । बङ्गलादेशमा शनिबार सङ्क्रमणमुक्त भएका दुई हजार ७६ व्यक्तिसहित अहिलेसम्म तीन लाख ६२ हजार ४२८ व्यक्ति निको भएका छन् । तथ्याङ्कमा एकै दिन सबैभन्दा बढी चार हजार १९ व्यक्ति जुलाई २ मा सङ्क्रमित भएका थिए भने एकै दिनमा सबैभन्दा बढी मृत्यु जुन ३० मा भएको थियो ।रासस

 


Thali Mobile Pvt.Ltd.