भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बङ्गुरपालन व्यवसायमा आकर्षित पाल्पाका युवा

बङ्गुरपालन व्यवसायमा आकर्षित पाल्पाका युवा

पाल्पा । कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैतदेखि लकडाउन ग¥यो । लकडाउनका कारण स्वदेश तथा विदेशमा धेरैले रोजगारी गुमाउनु प¥यो । रोजगारी गुमाउनेमध्येका हुनुहुन्छ, तानसेन नगरपालिका– १४ का रमेश परियार । काठमाडौँस्थित होटलमा कुकम्यानका रुपमा रहेका परियार सात महिनादेखि बेरोजगार हुनुभएको छ ।

रोजगारी गुमेसँगै आफ्नो जन्मथलो कुसेनीमा परिवारसँगै बसोबास गर्दै आएका परियारलाई ग्रामीण आर्थिक विकास सङ्घ रेडा, तानसेन नगरपालिकाको आयोजना र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम सहयोगमा बङ्गुरका पाठापाठी र खोरका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

व्यावसायिकरुपमा बङ्गुरपालन गर्न थालेसँगैै उहाँलाई रोजगारी गुमाएको अहिले कुनै गुनासो छैन । बङ्गुरको स्थानीयस्तरमा नै खपत राम्रो हुने भएकाले बजारको कुनै समस्या नरहेको उहाँ बताउनुहुन्छ । परिवारले अनुदानमा तीनवटा बङ्गुर पाए पनि १० वटा पालन गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।

एउटा बङ्गुरबाट पाठापाठी उत्पादन गरी रु एक लाख आम्दानी लिन सकिने परियारको भनाइ छ । कोभिड– १९ को प्रतिकार्यका लागि युवा उद्यमशीलता विकास परियोजनाका माध्यमबाट सामाजिक तथा आर्थिक पुनःप्राप्ति कार्यक्रमअन्तर्गत बङ्गुरका पाठापाठी २० युवालाई वितरण गरिएको हो ।

रोजगारी गुमाएका बेरोगार युवालाई दुई पाठी र एक पाठा गरी तीन वटाका दरले बङ्गुरका पाठापाठी वितरण, खोर निर्माणका लागि रु १० हजार तथा प्राविधिक सहयोग गरिएको ग्रामीण आर्थिक विकास सङ्घका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताउनुभयो । सोही स्थानका पदमबहादुर दर्जीले कोभिड– १९ का कारण रोजगारी गुमाउनुभयो । लामो समयदेखि भारतमा कुकम्यानका रुपमा कायरत दर्जी रोजगारी गुमाएपछि घर फर्कनुभयो ।

निक्कै दुःख कष्ट गरी एक छोरा, एक छोरी र श्रीमतीका साथ पाल्पाको अर्गली घर फर्कनुभयो । घरमा आएसँगै पैसाको अभाव भएपछि दर्जी पनि बङ्गुरपालन व्यवसायमा आकर्षित हुनुभयो । दुई वटा थप गरी पाँचवटा बङ्गुरपालन गर्न थाल्नुभएको छ । खोरलाई रु १० हजार आर्थिक सहयोग पाएपछि अझै काम गर्न सजिलो भएको दर्जीको भनाइ छ ।

वर्षमा दुईपटक एउटा बङ्गुरबाट पाठापाठी उत्पादन हुने भएपछि राम्रो आम्दानी हुने आशा दर्जीको छ । विस्तारैविस्तारै बङ्गुरको सङ्ख्या बढाउने सोचमा रहेका दर्जी अब भारतमा पैसा कमाउन नजाने सोचमा हुनुहुन्छ । स्थानीय बजारमा बङ्गुरका पाठापाठी रु पाँच हजारभन्दा बढीमा कारोवार हुन्छ । बङ्गुरको मासु प्रतिकिलो रु ४०० मा कारोवार हुँदै आएको छ ।

यसको मासुको खपत बढ्दो छ । तानसेन नगरपालिका– १० र १४ का रोजगारी गुमाएका र बेरोजगार युवालाई उद्यमी बनाउनका लागि युवालाई बङ्गुरका पाठापाठी एक पाठा, दुई पाठी वितरण गरिएको छ । रेडाका अधिकृत डा लेखनाथ अधिकारीले बङ्गुरपालन गर्दा पोषणयुक्त आहाराको उचितरुपमा व्यवस्थापन र प्रजननका समय ध्यान दिँदा यस व्यवसायबाट प्रशस्त आम्दानी गर्न सकिने बताउनुभयो ।

उहाँले स्थानीय बजारमा बङ्गुरको मासुको माग बढ्दो रहे पनि आपूर्तिमा समस्या रहेको बताउनुभयो । नगर प्रमुख अशोककुमार शाहीले तानसेनभित्र सञ्चालित युवा उद्यमशीलताको कार्यक्रम अहिले नमूना बनेको बताउनुभयो । उहाँले तानसेनबाट शुरुआत गरिएको कार्यक्रम अहिले अन्य स्थानीय तहलेसमेत अनुशरण गरी कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।

उहाँले कोभिडका कारण विदेशमा रोजगारी गुमाएका तथा बेरोजगार युवालाई रु दुई करोड ९० लाख बजेट विनियोजन गरिएको बताउनुभयो । उपप्रमुख लक्ष्मीदेवी पाठकले आफ्नै खेतबारीमा मेहनत गरेको अवस्थामा पैसा कमाउन विदेश धाउनुपर्ने बाध्यता सधैँका लागि अन्त्य हुने बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.