भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बच्चालाई चाउचाउ खान दिएर घाँटी थिची हत्या

बच्चालाई चाउचाउ खान दिएर घाँटी थिची हत्या

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–२ दुहबीको। स्थानीय ५ वर्षीय अभिनन्दन राय अमात बुधबार हराएका थिए । खोजीनिति गर्दा हत्या गरेर भैँसी गोठमा गाडेको र खरानी परालमा मृत अवस्थामा बिहीबार राति १० बजे शव भेटियो। बालकलाई सकुशल उद्धार गर्न प्रहरीले हरेक युनिटलाई फोटोसहितको निर्देशन दियो ।

खोज्दै जाँदा घाँटी थिचेर हत्या गरी गाडेको र खरानीले पुरेको अवस्थामा बालकको शव भेटियो ।प्रहरीले शंकाका आधारमा खोजी गर्दै जाँदा अमातको घरमा भैंसी बाँध्ने गोठमा खाल्डो खनी पुरेर पराल ओछ्याई भैंसी बाँधेको अवस्थामा शव बरामद गरेको प्रहरीले जनायो । रुपैयाँ लेनदेनका कारण नाबालक मारिएको अनुसन्धानबाट देखिएको धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।

खेल्दाखेल्दै प्रमिलाको घर पुगेको बच्चालाई चाउचाउ खान दिएर राखे, चाउचाउ खाइसकेपछि बच्चाले प्रमिलालाई निद्रा लाग्यो सुत्छु भनेर खाटमा सुताएका र सुतिसकेपछि घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानले बतायो । हत्यापछि साँझ अँध्यारोमा शव उठाएर गोठमा लगी खाल्डो खनेर गाडेको र माथिबाट खरानी र पराल हाली भैसी बाँधेको अवस्थामा भेटिएको बस्नेतले बताए ।

जब शंकाका आधारमा ब्रह्मदेव राय अमातको घरका पाँच सदस्यलाई बोलाएर अनुसन्धान गरियो तब रहस्य बाहिरीयो । ब्रह्मदेवकी जेठी छोरी २६ वर्षीया प्रमिलादेवीले केही वर्षअघि रामपुकारीबाट १० हजार रुपैयाँ ऋण लिएको स्थानीयले बताए । ऋिण कति लिएको हो भन्ने मै विवाद भएको भन्ने स्थानीयको भनाई छ ।

१० वर्षअघि लिएको पैसा दिन नसकेर विवाद हुदा बच्चाको हत्या गरेको प्रहरीको भनाइ छ । मृतकका बुवा जीवन वैदेशिक रोजगारीमा रहेका छन्। अभियुक्त प्रमिलाले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्न थप चार जनालाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी धनुषाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.