भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राजधानी नजिकको सुन्दर पर्यटकीय गन्तव्य रानीकोट

राजधानी नजिकको सुन्दर पर्यटकीय गन्तव्य रानीकोट

भक्तपुर । राजधानी नजिकैको सुन्दर शान्त र रमणिय गन्तव्य हो रानीकोट । पछिल्लो समय राजधानीको कोलाहलबाट मुक्ति पाउन मानिसहरु रानीकोटको सुन्दरतामा रमाउने गरेका छन् । रानीकोटको डाडाबाट देखिने विभन्न हिमालहरुको दृश्यअवलोकन गर्न आन्तरिक परेटक रानीकोटको डाडामा उभिने गरेका छन् । यहाँ हाइकिङको मज्जा समेत लिन सकिन्छ ।
के छ रानीकोटमा ?
रानीकोटमा सुन्दर शान्तर मनोरम दृश्यहरु छन् । जहा मानिसहरुको मनमा उब्जेका हरेक अशान्तिहरुलाई शान्त पार्ने तागत छ । यहाँको हावा पानीले मानिसहरुलाई मोहित मात्रै पार्दैन प्राकृतिक सुन्दरताले मथिङगलमा हजारौ प्रश्नहरु पनि उब्जाई दिन्छ यस्तो सुन्दर ठाउँमा पहिले किन आइएन भनेर ।

रानीकोटको ऐतिहासिक तथ्य त छदै छ तर त्यो भन्दा पनि बढि आन्तरिक पर्यटनकालागि सुवाउदो नजिको तिर्थयात्रा जस्तै छ । हरेक मानिसलाई शनिबारमात्रै होइन हरेक दिन रानीकोटको डाडाबाट देखिने सुन्दर हिमालका दृश्यले बोलाइ रहन्छ । अनि चिया र कफिको छुस्कीले प्राकृति सुन्दरतामै भुलाइदिन्छ ।

कहा छ र कसरी जाने रानीकोट ?
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ र ८ को संगम मात्र नभई रानीकोट ललितपुर,काभ्रे र भक्तपुर जिल्लाको त्रिवेणी पनि हो । यहाँ पुग्न भक्तपुरको सूयविनायक चोकदेखि गणेश मन्दिर हुदै रानीकोटको यात्रा तय गर्न सकिन्छ ।

सूर्यविनायक चोकदेखि जम्मा ७ किलो मिटरको दुरिमा रहेको रानीकोटमा पैदल यात्रा गर्न पनि सकिन्छ । मानिसहरु हाइकिङ रुटमा प्राकृतिक सुन्दरताको मज्जा लिदै हिडिरहेका हुन्छन् ।

सूर्यविनायक चोकबाट गणेश मन्दिर हुदै जंगलको बाटो चरा चुरुङ्गीको आवाजसंगै घ्याम्पे डाडाबाट देखिने सुन्दर भक्तपुरको दृश्यलाई नयमा कैद गर्दै रानीकोटको डाडामा पुग्न सकिन्छ । यहाँबाट काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रे जिल्लाका सुन्दर ठाउँहरुको सुन्दरतालाई नियाल्न सकिन्छ । हाइकिङ रुट त छदैछ सडक यातायातको पनि राम्रो व्यवस्था रहेको छ ।

भौतिक संरचनाको अवस्था कस्तो छ ?
रानीकोटमा पर्यटकहरुका लागि महत्वपूण संरचनाहरु निर्माण गरिएका छन् । यहाँको वातावरण सुहाउदो तरिकाले संरचना निर्माण गरिएका छन् । यहा पुग्ने हरेक मानिसलाई एक दिन मात्रै होइन एक हप्ताबस्दा पनि घित नर्मने खालका रिसोर्टहरु सञ्चालमा रहेका छन् ।

आन्तरिकत तथा बाह्य पर्यटकहरुका लागि महत्वपूर्ण मानिने भौतिक संरचनाहरु पर्यटकहरुलाई स्वागत गर्न पर्खि रहेका छन् । रानीकोट पुग्ने जो कसैको मन मुटुमा बास बस्न सफल भिलेज हाईल्याण्ड रिसोर्टबाट प्राकृतिक सुन्दरताको अनुभुति मात्रै गर्न सकिदैन कृतिम महत्वपूर्ण संरचनाले पनि पर्यटकहरुको मनजित्न सफल भएका छन् ।vil haland
के के छ भिलेज हाइल्याण्डमा
भिलेज हाइल्याण्ड रिसोर्ट छोटो समयमा पर्यटकहरको रोजाई पर्न सफल रिसोर्ट हो । यहा पुग्ने हरेक मानिस पहिलो पटक मात्रै होइन दोस्रो, तेस्रो पटक पनि पुग्नछन । किन भने यहाका भौतिक संरचनाले मानिसहरुलाई मोहित गरिदिन्छ । यहा पछिल्लो पुस्तालाई आकर्षित गर्न चराको आधुनिक गुण, मोवाईल प्रयोगकर्ताका लागि सेल्फि टावर, स्वीमिङ पुल, पिङ लगायत विभिन्न किसिमका भौतिक संरचनाहरु निर्माण गरिएका छन् ।

यहाँको अर्गानिक खाने कुराले त झन मानिसहरुको मन मात्रै लोभ्यादैन जिब्रोलाई पल्काइ दिन्छ । समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको रानीकोटबाट काठमाडौं उपत्यका सहित लाडटाङ हिमशृंखला आँखै अगाडि देख्नाले अग्रेजी नयाँ वर्षमा मात्रै होइन हरेक फुर्सदिलो समयममा रानिकोट पुग्न बाध्य पारिदिन्छ ।

 


Thali Mobile Pvt.Ltd.