भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

बझाङ्गी महिला जसको सक्रियतामा घरघरमा खानेपानी

बझाङ्गी महिला जसको सक्रियतामा घरघरमा खानेपानी

बझाङ । छबिसपाथिभेरा गाउँपालिका–७ खोरी गाउँका स्थानीय घरमा खानेपानी आउँदा छक्क परेकामात्रै छैनन्, खुशीले गदगद भएका छन् । खानेपानीको अभावमा खोलाको फोहोर पानी पिउन विवस स्थानीय अहिले घर घरमा स्वच्छ खानेपानीको आउँदा खुशीभएका हुन् ।

खानेपानीका धारासंगै गाउँमा सरसफाइमा समेत गरिएको छ । फोहोर खानेपानीका विरुद्ध खोरीका महिलाहरु एक जुट भई स्वच्छ पीउँने पानीका लागि अग्रसर भएर धारा निर्माणमा जुटेपछि अहिले गाउँको मुहार फेरिएको छ । करिब रु ८४ लाख बराबरको खानेपानी निर्माणको काम उनीहरुले पुरा गरेको बताएकी छन् ।

महिला जागरुक भए जस्तोसुकै काम पनि सहजै सम्पन्न गर्न सक्ने उदाहरण प्रस्तुत गरेको छडोखोला खोरी खानेपानी सरसफाइ योजना उपभोक्ता समितिका सहसचिव बसन्ती बुढाले नयाँ विकल्पलाई बताइन् । महिलाको सक्रियतामा योजना सम्पन्न गरेसँगै समाजमा महिला भनेर हेप्नेहरुको घैटोमा घाम लागेको उनको भनाइ छ ।

गाउँमा कुनै योजना आउँदा उपभोक्ता समितिमा पुरुषहरुमात्रै रहने गरेको यस अधिको हैकम तोड्दै अहिले महिलाहरु आफै जुट्न थालेको समितिका अध्यक्ष सुनिता बुढाले बताइन् । गाउँमा एक घर एक धारा निर्माण भएको भन्दै स्थानीय काली देवि बोहोराले खुशी व्यक्त गरिन् ।

घरमै धारो आउला भन्ने कल्पनासम्म नगरेको उनको भनाइ छ । छबिसपाथीभेरा गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा गाउँमा खानेपानी योजना सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष अक्कलबहादुर धामीले बताए ।

धामीका अनुसार पछिल्लो समय योजना तथा पूर्वाधार निर्माण, सरसफाइ, जनचेतना अभिवृद्धि लगायतका काममा बझाङका महिलाहरु सक्रियता पूर्वक लागेका छन् ।

 


Thali Mobile Pvt.Ltd.