भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

बडिकेदार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

बडिकेदार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

डोटी । बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । यहाँ पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो । कांग्रेसबाट गाउँपालिका अध्यक्षकाका उम्मेदवार भैरवबहादुर साउदले २,३४३ मत प्राप्त गरी विजयी भएका हुन ।

प्रतिद्वन्द्वी एमालेका चक्रबहादुर घर्तीले एक हजार ६८४ मत प्राप्त गरे । उपाध्यक्षमा कांग्रेसकै डम्मरीकुमारी विष्टले दुई हजार ४०७ मत प्राप्त गरी विजयी भइन् । उनका निकटम प्रतिद्वन्द्वी एमाले की सपना सिराडीले दुई हजार २७६ मत प्राप्त गरेकी छन् ।

गठबन्धन दलका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का भक्तबहादुर साउदले एक हजार ४७१ मत प्राप्त गरेका छन् । गठबन्धनका तर्फबाट उपाध्यक्षको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की देवीसरा घर्तीले ८३२ मत प्राप्त गरिन् ।

वडा नं १ बाट वडाध्यक्षमा नेपाली कांग्रेसका डबलबहादुर बोहरा, वडा नं ३ बाट कांग्रेसकै रामबहादुर गुरुङ, वडा नं २ बाट नेकपा (माओवादी केन्द्र) का प्रेमबहादुर घर्तीमगर, वडा नं ४ बाट नेकपा (एमाले) का कर्णबहादुर जेठारा, वडा नं ५ बाट एमालेकै पदमसिंह बोहरा विजयी भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.