भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

पनौती नगरपालिका वडा नं २ मा एमालेका पुरुषोक्तम अधिकारी अध्यक्षमा विजयी

पनौती नगरपालिका वडा नं २ मा एमालेका पुरुषोक्तम अधिकारी अध्यक्षमा विजयी

काभ्रे । काभ्रेको पानौती नगरपालिका वडा नं २ को अध्यक्षमा नेकपा एमालेकोतर्फबाट पुरुषोक्तम अधिकारी विजयी भएका छन् । नेपाली काँग्रेसलाई पछि पार्दै अधिकारी ९ सय ९८ मतले विजयी भएका हुन । उनका प्रतिद्धन्दी नेपालीका काँग्रेसका पुष्पराज बोलखेले ९ सय ६७ मत प्रात गरेका थिए । नेकपा माओवादी केन्द्रका नारायण सापकोटाले १५ मत, उन्नत लोकतान्त्र पार्टीका केशव कुमार श्रेष्ठ २ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका बालकृष्ण अधिकारीले १ मत प्राप्त गरेका छन् ।

त्यसै गरी पनौती नगरपालिकाको प्रमुखमा अहिलसम्म नेकपा एमालेका भीम न्यौपानेले १ हजार ७३ र नेपाली काँग्रेसका रामश्रण भण्डारीले ८ सय ८८ मत प्रात गरेका छन् । पनौती नगरपालिकाको उपमेयरमा निर्वाचन आयोगका अनुसार नेकपा एसका छविलाल हुमागाईले ६ सय २३ र नेकपा एमालेकी गीता बञ्जारले ६ सय ९ मत प्राप्त गरेकी छन् ।

 


Thali Mobile Pvt.Ltd.