भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

बलात्कारीलाई फाँसीको सजाय दिनु पर्ने सांसदको माग

बलात्कारीलाई फाँसीको सजाय दिनु पर्ने सांसदको माग

डोटी । सुदूरपश्चिम प्रदेश सभाका महिला सांसदहरुले बलात्कारीहरुलाई फाँसीको सजाय दिनेगरी कानुन निर्माण गर्न माग गरेका छन् । बलात्कारपछि हत्या भएकी बझाङ्गको मष्टा गाउँपालिका २ की १२ वर्षीया बालिका सम्झना विकको सम्झनामा आयोजित ‘सम्झनाको सम्झनामा’ शीर्षकको सम्वाद कार्यक्रममा प्रदेश सभाका महिला सदस्यहरुले यस्तो धारणा राखेका हुन् ।

बोलन्या थली नामक संस्थाले आयोजना भएको सो कार्यक्रममा प्रदेश सांसद चुनकुमारी चौधरीले बलात्कारका दोषीले कुनै पनि अवस्थामा उन्मुक्ती नपाउने गरी कानुन बनाउनु पर्नेमा जोड् दिइन् । उनले महिलामाथि परिवारभित्र वा परिवार बाहिर भइरहेकाहिंसाका घटना न्यूनीकरणका लागि सबैले लाग्नु पर्ने बताइन् ।बलात्कारीलाई फाँसीको सजाय हुनु पर्ने माग गर्दै प्रदेशसभा सदस्य शान्ति नेपालीले ‘बलात्कार, हत्याजस्ता गम्भीर प्रकृतिका अपराधका दोषीलाई ढाकछोप गर्न नहुने बताईन् ।

Sansad supaउनले समाजवाद, साम्यवाद जति कुरा गरे पनि महिला हिंसाका घटना दिनप्रति दिन बढ्दै गएको बताइन् । कार्यक्रममा प्रदेशसभा सदस्य पूर्णा जोशीले महिलामाथि भएका बलात्कार र हत्याका घटनामा समाज, युवा, राजनीतिकर्मी एकजुट हुनुपर्ने र यस्ता घटनाबारे परिवारमा सम्वादको खाँचो भएकोमा जोड दिइन् । कार्यक्रममा महिला अधिकारकर्मी गोमा आचार्यले सम्झनाका दोषीलाई सरकार नै कम उमेर देखाएर कम सजाय दिलाउन लागि परेको आरोप लगाइन् ।

 


Thali Mobile Pvt.Ltd.