भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

डायमण्ड हिल रिसोर्टका संचालक, समाजसेवी तथा पर्यटन व्यवसायी थापा सम्मानीत

डायमण्ड हिल रिसोर्टका संचालक, समाजसेवी तथा पर्यटन व्यवसायी थापा सम्मानीत

काठमाडौं । नेपाल पर्यटक गाइड संघ (Tourist Guide Association of Nepal)ले पनौती नगरपालिका वडा नं ४ चामखरस्थित डायमण्ड हिल रिसोर्टका सञ्चालनक राजन थापालाई सम्मान गरेको छ ।

विहीबार राजधानीमा भएको संघको ३० औं वार्षिक साधारणसभामा पर्यटन क्षेत्रमा डायमण्ड हिल रिसोर्ट र पर्यटन व्यवसायी तथा समाजसेवी थापाले गरेको योग्दानको कदर कर्दै सम्मान गरेको हो । संकृति उर्यटन तथा नागरिक उड्डेयन मन्त्रालयका सचिव डा. दिपक काफ्लेले थापालाँई सम्मान गर्नुभएको हो । 

थापाले आफूलाई संघले गरेको सम्मानले पर्यटन क्षेत्रमा थप जिम्मेवारी बढेको प्रतिक्रिया दिनुभयो । उहाँले नेपालमा पर्यटन क्षेत्रलाई विकास गर्न आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै पर्यटन क्षेत्रको विकास नभई अन्य क्षेत्रको विकास सम्भव नहुने बताउनुभयो ।

संघको वार्षिक साधारण सभा कार्यक्रममा पर्यटन क्षेत्रमा सहयोग गर्ने विभिन्न क्षेत्रका सहयोगिहरुलाई पनि सम्मान गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.