भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बार्सिलोनाको सहज जीत

बार्सिलोनाको सहज जीत

काठमाडौं ।  प्रि–सिजनको मैत्रीपूर्ण खेलअन्तर्गत स्पेनिस क्लब बार्सिलोनाले जीत निकालेको छ । कप्तान लियोनेल मेस्सीको दुई तथा फिलिपे कोउटिन्होको १ गोलले जिरोनामाथि ३–१ को सहज जीत दर्ता गरेको हाे ।

पहिलो हाफको अन्तिम मिनेटमा मेस्सीले लामो दुरीबाट गरेको प्रहार गोलरक्षक कार्लोसले रोक्न नसक्दा बार्सिलोना २–० ले अघि बढेको थियो । २१ औं मिनेटमा ट्रिनकाओको एसिस्टमा कोउटिन्होले ट्याप इन गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुवाती मिनेटमा नै जिरोनाले गोल फर्कायो । बार्साका मिडफिल्डर फ्रेंकी डे जोङले मिडफिल्डमा गल्ती गरेपछि सामु साइजले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

कप्तान मेस्सीले ५१ औं मिनेटमा प्रहार गरेको बल डिफेन्डरलाई लाग्दै गोल भएपछि बार्सिलोनाको अग्रता पुन ः दोब्बर बनाउदै सहज जित निकालेको थियो ।

 


Thali Mobile Pvt.Ltd.