भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

बार्सिलोनाको सहज जीत

बार्सिलोनाको सहज जीत

काठमाडौं ।  प्रि–सिजनको मैत्रीपूर्ण खेलअन्तर्गत स्पेनिस क्लब बार्सिलोनाले जीत निकालेको छ । कप्तान लियोनेल मेस्सीको दुई तथा फिलिपे कोउटिन्होको १ गोलले जिरोनामाथि ३–१ को सहज जीत दर्ता गरेको हाे ।

पहिलो हाफको अन्तिम मिनेटमा मेस्सीले लामो दुरीबाट गरेको प्रहार गोलरक्षक कार्लोसले रोक्न नसक्दा बार्सिलोना २–० ले अघि बढेको थियो । २१ औं मिनेटमा ट्रिनकाओको एसिस्टमा कोउटिन्होले ट्याप इन गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुवाती मिनेटमा नै जिरोनाले गोल फर्कायो । बार्साका मिडफिल्डर फ्रेंकी डे जोङले मिडफिल्डमा गल्ती गरेपछि सामु साइजले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

कप्तान मेस्सीले ५१ औं मिनेटमा प्रहार गरेको बल डिफेन्डरलाई लाग्दै गोल भएपछि बार्सिलोनाको अग्रता पुन ः दोब्बर बनाउदै सहज जित निकालेको थियो ।

 


Thali Mobile Pvt.Ltd.