भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

बालकोट वार्ता निष्कर्षः प्रधानमन्त्रीमा आलोपालो, राष्ट्रपति र सभामुख एमालेलाई

बालकोट वार्ता निष्कर्षः प्रधानमन्त्रीमा आलोपालो, राष्ट्रपति र सभामुख एमालेलाई

काठमाडौं । सत्ता गठबन्धनका दल नेकपा माओवादी केन्द्र र काँग्रेसबीच प्रधानमन्त्री कसले पाउने भन्नेमा सकस भएपछि माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष ओलीबीच भेटवाता भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा वार्तामा नेकपा एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको स्रोतले जनाएको हो ।
माओवादी शीर्ष नेताका अनुसार माओवादी केन्द्र, कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएको छ । उनले भने, ‘आलोपालो प्रधानमन्त्रीको सहमति भएको छ । अहिले प्रचण्डको नेतृत्वमा सरकार बन्छ ।’

बैठकमा सहभागी एक नेताले प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद रहेको, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद गरी १६६ सांसदको समर्थन जुटेको दाबी गरे ।

प्रधानमन्त्री आलोपालो, राष्ट्रपति र सभामुख एमालेलाई
आइतबार भएको सहमति अनुुसार नेकपा माओवादी अध्यक्ष प्रचण्डले आगामी साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने छन भने त्यसपछिको आधा समय एमालेले सरकारको नेतृत्व लिनेछ ।
बैठकमा सहभागी एक नेताले बताए अनुसार प्रधानमन्त्री पद माओवादीले पाएसंगै राष्ट्रपति र सभामुख नेकपा एमालेले पाउने छ । प्रचण्डले नेतृत्व गर्ने सरकारमा एमाले र एमाओवादीसहित कम्तीमा ५ वटा दलहरु सहभागी हुने उनको भनाई छ ।

त्यस्तै संसदको चौथो ठूलो दल रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान सकारात्मक रहेको र यस बाहेक जसपा, नागरिक उन्मुक्ति र जनमत पार्टी पनि इच्छुक रहेको स्रोतले जनाएको छ ।
यद्यपि, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने वा नजाने भनेर ठोस निर्णय लिई सकेको छैन । तर बहुमत पु¥याउन सहयोग गर्ने पार्टीको निर्णय छ ।

यसरी पुग्दैछ नयाँ सरकारको बहुमत
प्रतिनिधिसभामा रहेका २७५ सांसद मध्य नयाँ सरकार गठन गर्न १३८ सांसद संख्या चाहिन्छ । सत्ता गठबन्धनका दलहरुबीच शक्ति बाँडफाँडमा तालमेल हुन नसकेपछि नेकपा माओवादी र नेपाली काँग्रेस दुुबैले एमालेसंग मिलेर सरकार बनाउन अगाडी बढेका थिए ।

नेकपा माओवादीले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेको र काँग्रेसले राष्ट्रपति, प्रधानमन्त्री काँग्रेसबाटै हुनुपर्ने अडान राखेपछि सहमति भएन । गठबन्धन टुटेपछि प्रचण्डले नेकपा एमालेसंग मिलेर सरकार बनाउँने सहमति भएको छ ।
माओवादी एमाले सहमति भएसंगै एमाले ७८, माओवादी ३२, रास्वपा २०, राप्रपा १४ र जसपा १२ गरेर प्रतिनिधिसभामा १५६ सांसद संख्या पुग्दछ । यसरी यी दलहरुबीच सहमति भएमा सरकार गठन गर्न सुविधाजनक बहुमत पुग्ने अवस्था रहन्छ ।

सत्ता गठबन्धन टुटेर एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपासँग लोसपा, जनमत, नागरिक उन्मुक्ति र केही स्वतन्त्र आएपछि दुईतिहाइ बहुमत नजिक पुग्ने सम्भावना देखिए पनि प्रचण्डलाई नेतृत्व स्वीकार गर्न राप्रपाले नमान्ने अवस्था छ । यद्यपिः ओलीको आग्रहमा राप्रपा अध्यक्ष लिङदेन गठबन्धनमा आउन सक्ने आकलन गरिएको छ । यता सत्ता गठबन्धनमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नदिने अडान राखेको कांग्रेस संघदेखि प्रदेशसम्म सरकारबाट बाहिर बस्नुपर्ने अवस्था आउने आँकलन गरिएको छ । यस्तो अवस्था भएमा माधव नेपाल नेतृत्वको नेकपा एस खाली हात बस्नुपर्ने देखिएको छ ।

अहिले प्रतिनिधिसभामा कांग्रेसले ८९, एमालेले ७८, माओवादीले ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राप्रपा १४, जसपाले १२, नेकपा एसले १०, जनमत पार्टीले ६ सीट ल्याएको छ । लोसपाले ४, नागरिक उन्मुक्ति ३, राष्ट्रिय जनमोर्चा र नेमकिपाले १÷१ सीट जितेका छन् । स्वतन्त्र सांसद ५ जना छन् ।

राष्ट्रपतिले सरकार गठन गर्न दिएको समय बेलुकी ५ बजेसम्म छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.