भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बासुदेब थापाले दिए पदबाट राजीनामा

बासुदेब थापाले दिए पदबाट राजीनामा

भक्तपुर । सुर्यबिनायक नगरपालिकाका नगरप्रमुख बासुदेब थापाले पदबाट राजीनामा दिएका छन् । नगर उपप्रमुख जुना बस्नेत समक्ष थापाले राजीनामा दिएका हुन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुन नगरप्रमुखमा उम्मेदवारी दिने भएपछि थापाले राजीनामा दिएको एमाले सूर्य विनायक नगरकमिटिले जनाएको छ ।

थापासंगै उपप्रमुख जुना बस्नेतले पनि राजीनामा दिएकी छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा बासुदेव थापाले १२ हजार १ सय ३५ मत ल्याएर विजयी भएका थिए ।

उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका विष्णु कार्कीले १० हजार १ सय ६५ मात्र ल्याएका थिए । त्यस्तै उपमेयर जुना बस्नेतले १२ हजार ८ सय ३२ मत ल्याएर विजयी भएकी थिईन् ।

उक्त्त निर्वाचनमा नेमकिपाले २ हजार २ सय ८०, माओवादी केन्द्रले १ हजार ३ सय ८४, १ सय ४ माले, नयाँ शक्तिले ९८, राप्रपाले २ हजार १ सय ६९ मत प्राप्त गरेका थिए ।

यस्तै उपमेयरमा काँग्रेसका कल्पना राजथलाले ८ हजार ९ सय ७ मत प्राप्त गरेकी थिइन् ।

 


Thali Mobile Pvt.Ltd.