भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

बाहुनडाँगीको तेलपानी वनमा १५ वटा जङ्गली हात्ती, स्थानीयवासीमा त्रास

बाहुनडाँगीको तेलपानी वनमा १५ वटा जङ्गली हात्ती, स्थानीयवासीमा त्रास

झापा । मेचीनगर–३ स्थित तेलपानी सामुदायिक वनमा आज बिहान छावासहित पसेका १५ वटा जङ्गली हात्तीका कारण बाहुनडाँगीवासी त्रसित भएका छन् ।पालिका अन्य क्षेत्रका बासिन्दाको ध्यान स्थानीय तहको निर्वाचनको मत गणनासँगै परिणामतिर सोझिरहेका बेला बाहुनडाँगी, १, ३ र ४ का बासिन्दा भने हात्तीबाट ज्यान र बाली जोगाउनतिर लागेको स्थानीयवासी शङ्कर लुइँटेलले जानकारी दिनुभयो । उहाँका अनुसार तीनदेखि लगातार विद्युतीय घेराबारा भत्काएर ६० भन्दा बढी हात्ती साँझ पर्ने बित्तिकै भारतीय जङ्गलबाट हूल बाँधेर बाहुनडाँगी आउने र रातभर मकै खाएर उज्यालो हुँदा उतै फर्कने गरेका छन् । शनिबार राति आएकोे हात्तीमध्ये १५ वटा छावासहित तेलपानी सामुदायिक वनमा रहेको उहाँको भनाइ छ ।

“प्रहरी प्रशासनदेखि सबैको ध्यान यतिबेला मत गणनातिर छ”, उहाँले भन्नुभयो, “हाम्रो भने हात्तीबाट आफू र पाकेको बाली कसरी जोगिनु भन्नेमा छ ।” उहाँले चार दशकदेखि बाहुनडाँगीवासी हात्तीबाट पीडित बन्दै आएको बताउनुभयो । उहाँले बस्ती नजिकै रहेको सामुदायिक वनमा रहेका हात्ती लखेट्नका लागि डिभिजन वन कार्यालयसँग आग्रह गरिरहेको बताउनुभयो ।डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले रातभर साइरनसहितको टोलीले हात्ती लखेट्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरी प्रशासन यतिबेला मत गणना स्थलमा सुरक्षाका लागि खटिएका छन् । एउटा मात्र साइरनसहितको गाडीले हात्ती धपाउन समस्या भइरहेको छ ।” उहाँका अनुसार मेची नदी किनारमा हात्तीलाई रोक्न लगाइएको विद्युतीय घेराबाराको बेलैमा मर्मत नुहँदा पनि भारतीय हात्ती हूल बाँधेर नेपाल पस्न थालेका छन् ।तेलपानी वनमा रहेका हात्तीलाई भने आजै साँझ भारतीय जङ्गलतर्फ लखेट्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.