भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

तमानखोला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा कांग्रेस विजयी

तमानखोला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा कांग्रेस विजयी

गलकोट । बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । पालिका अध्यक्षमा जोकलाल बुढा र उपाध्यक्षमा हिराकुमारी छन्त्याल विजयी हुनुभएको हो । विसं २०७४ को स्थानीय तह निर्वाचनमा दुई हजार २१९ मत ल्याएर निर्वाचित हुनुभएका जोकलाल बुढा यसपटक दुई हजार ७०७ मत ल्याएर पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

जिल्लाभर संयुक्त पाँच दलले गठबन्धन गरेर चुनावमा गए पनि तमानखोला गाउँपालिकामा गठबन्धन तोडेर आ–आफ्ना उम्मेदवार उठाएका छन् । गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी निसु रसाइलीलाई ८१० मत अन्तरले पराजित गर्दैै नेपाली कांग्रेसकी हिराकुमारी छन्त्याल विजयी हुनुभएको छ ।

छन्त्यालले दुई हजार ७१९ मत प्राप्त गर्दा रसाइलीले एक हजार ९५८ मत प्राप्त गर्नुभएको छ । गाउँपालिका अध्यक्षमा नेकपा ९माओवादी केन्द्र०का तर्फबाट उम्मेदवार बनेका देवबहादुर पुनले एक हजार ९९५ मत प्राप्त गर्नुभएको छ । नेकपा ९एमाले०का तर्फबाट अध्यक्षको उम्मेदवार बनेका देवेन्द्र छन्त्यालले ३९२ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षका उम्मेदवार तारानाथ सिपार्लीले एक मत प्राप्त गर्नुभएको छ ।

यस्तै पाँचवटा वडा रहेको तमानखोलाको वडा नं १ मा नेकपा माओवादी केन्द्रका थमबहादुर रोका, वडा नं २ मा माओवादी केन्द्रका नारायण सुनार, वडा नं ३ मा कांग्रेसका झकबहादुर बुढा, वडा नं ४ मा माओवादी केन्द्रका छवि श्रीपाली, वडा नं ५ मा नेपाली कांग्रेसका हिराबहादुर श्रीपाली र वडा नं ६ मा नेपाली कांग्रेसकै चित्र छन्त्यालको प्यानल विजयी भएको छ ।

 


Thali Mobile Pvt.Ltd.