धनुषा । सशस्त्र प्रहरीले जनकपुरधाम उपमहानगरपालिकाको बाह्रविघाहाबाट भन्सार छलि ल्याउदै गरेको अवैध औषधी बरामद गरेको छ । धनुषा जिल्लाको जनकपुरधाम उमनपा ९ स्थित बाह्रविघाहामा सशस्त्र प्रहरी निरीक्षक जय बहादुर दथेपुथेको कमाण्डमा खटिएको टोलिले उक्त औषधी बरामद गरेको हो ।
भारतबाट अबैध रुपमा भन्सार छलि ल्याउदै गरेको डेन्टलको औषधिहरु गाडीको म्याट मुनि छोपेर लुकाई ल्याएको अवस्थामा बरामद गरेको हो । गाडी, सामान सहित सशस्त्र प्रहरीले भारत मधुबनि बस्ने बर्ष २९ को मोहमद एकबाललाई नियन्त्रण्मा लिएर आवश्यक कार्वाहिको लागि भन्सार कार्यालमा बुझाएको छ । एकबालले बिगतमा पनि अबैध सामनहरु ल्याउने गरेको बुझिएको छ। 
