भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

आधा दर्जन सडक अवरुद्ध, शुक्रबारसम्मै वर्षा हुने क्रम जारी रहने

आधा दर्जन सडक अवरुद्ध, शुक्रबारसम्मै वर्षा हुने क्रम जारी रहने

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण आधा दर्जन भन्दा बढि सडक अवरुद्ध भएका छन् । कोसी राजमार्गको हाइटार, संखुवासभामा सवारी आवगम अवरुद्ध छ भने पाँचथरको माझीटार–हेवाखोलामा गएको पहिरोले तमोर करिडोर सडक समेत अवरुद्ध भएको छ ।

पाँच वटा सडकखण्ड अवरुद्ध रहेको बुधबार विहान सडक विभागले जनाएको छ । एकतर्फी अवरुद्ध भएका सडकखण्ड तेह्र वटा रहेका छन् । मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारसम्मै वर्षा हुने क्रम जारी रहने जनाएको छ । आगामी तीन दिनको मौसमी प्रक्षेपण सार्वजनिक गर्दै महाशाखाले शुक्रबारसम्म नै देशभर हल्कादेखि भारी वर्षाको संभावना रहेको जनाएको छ ।

पाल्पाको तानसेनबाट गुल्मीको रिडी जाने सडक पनि अवरुद्ध छ । म्याग्दीको तातोपानीमा गएको पहिरोले म्याग्दी–जोमसोम सडक अवरुद्ध भएको छ भने यता तनहुँको डुम्रेबाट लमजुङको बेशीसहर हुदै मनाङको चामे जोड्ने सडक पनि अवरुद्ध भएको छ ।

 


Thali Mobile Pvt.Ltd.