भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

‘बुढाथोकी’ को बसपार्क सुधार्ने अभियान

‘बुढाथोकी’ को बसपार्क सुधार्ने अभियान

तुलसीपुर । दाङ तुलसीपुरका व्यवसायी निमबहादुर बुढाथोकी बिहान झिस्मिसेमा कुचो बोक्नुहुन्छ, अनि पुग्नुहुन्छ बसपार्क । उहाँ प्रत्येक शनिबार तुलसीपुर बसपार्कमा सरसफाइ गर्नुहुन्छ । न त उहाँ बसपार्क सफा गर्ने कर्मचारी नै हो । तर सामाजिक उत्तर दायित्व बहन गर्दै उहाँले हप्ताको एक पटक बसपार्क पुगेर सरसफाइ गर्नुहुन्छ । यसरी बसपार्क सरसफाइ गर्न लागेको दुई वर्ष भयो ।तुलसीपुर बसपार्क फोहर थियो । अव्यवस्थित रुपमा फोहर फालिएको थियो । तर, कसैले पनि त्यो फोहर उठाउँदैनथे । त्यसैले पनि उहाँले सरसफाइ गर्न कर्मचारी नै हुनु पर्दैन, आफैँ पनि सरसफाइ गर्न सकिन्छ, भनेर लाग्नुभयो । “बसपार्क सरसफाइ गर्न कसैले पनि ध्यान दिएको देखिएन, सबै फोहरैफोहर थियो”, उहाँले भन्नुभयो ।

फोहर सफा गर्नुपर्छ भन्ने सन्देश दिन उहाँले काम थाल्नु भएको हो । उहाँले केही डस्टबिन त्यहाँ राख्नुभयो र फोहर राख्न अनुरोध गर्नुभयो । “मैले आफैँ सधैँ सफा गर्न सम्भव पनि हुँदैन, म आफैँ व्यवसायी पनि हुँ, त्यसैले शनिबारको समय मिलाएर सरसफाइ गर्न थालेको हुँ”, उहाँले भन्नुभयो, “यसले बसपार्क सरसफाइ गर्न धेरै मद्दत पुगेको थियो ।” उहाँ तुलसीपुर बसपार्कस्थित बुढाथोकी सप्लायर्सको सञ्चालक पनि हुनुहुन्छ । विसं २०७७ फागुनदेखि उहाँले नियमित प्रत्येक हप्ता सरसफाइ गर्न थाल्नुभएको हो । सुरुमा एक्लै सरसफाइ गरे पनि पछि उहाँको त्यो कामलाई सहयोग गर्न अरु पनि थपिएपछि झनै सहज भयो । “६३ हप्तासम्म एक्लै सरसफाइ गरेँ”, उहाँले भन्नुभयो, “त्यसपछि केही साथीहरु थपिनुभयो ।” बसपर्क क्षेत्र धेरै नै फोहर भएपछि आफू पनि यो अभियानमा जोडिएको तुलसीपुरका राजु विकले भन्नुभयो । “पहिले दाइलाई एक्लै सरसफाइ गरेको देख्यौँ, त्यसपछि हामी सरसफाइ गर्नुपर्छ, भनेर लाग्यौँ”, उहाँले भन्नुभयो, “हामीले सचेतना फैलाउने हो ।” विक अहिले कक्षा ११ मा सेन्टर स्कुल अध्ययनरत हुनुहुन्छ ।अहिले पाँच जनाले प्रत्येक शनिबार बसपार्क सरसफाइ गर्दै आउनुभएको छ । यातायात व्यवसायी टङ्क विक भन्नुहुन्छ, “पहिले निकै फोहर हुने गथ्र्यो, अहिले नियमित उहाँहरुले सफा गर्न थालेपछि बसपार्क सफा हुँदै गएको छ ।” उहाँहरुले फोहर एक ठाउँमा राखेपछि त्यो फोहर लिन उपमहानगरपालिकाको गाडी आउँछ ।

 


Thali Mobile Pvt.Ltd.